8 April 2025
KALIKATIMES.COM

प्रदेश सांसद अन्सारीद्वारा खाद्य सामाग्री सहयाेग

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. १३ का युवाहरूको ब्यवस्थापनमा कोभिड एक्सन टिम (क्याट) पर्साद्वारा संचालित  नि:शुल्क खाना बितरण कार्यक्रम साेमबार प्रदेश सांसद जन्नत अन्सारीले एक सय ५० किलो आलु लगायतकाे समाग्री सहयाेग गरेका छन् ।

 प्रदेश सांसद अन्सारीले खादान समाग्री हस्तान्तरण गर्दै क्याटले बिगत केहि दिनदेखि कोभिड महामारीमा उत्कृष्ट मानवीय सहयोग गर्दै आइरहेकोले सो मानवीय कार्यमा निरन्तरता होस भन्ने उदेश्यले आफू पनि सहयोग गरेको वताए ।

सहयोग समाग्री बुझ्दै क्याटका संयाेजक एवम् जिल्ला समन्वय समिति पर्साकाे प्रमुख नेक महम्मद अन्सारीले सहयोगको लागी क्याटकाे तर्फबाट धन्यवाद ज्ञापनसमेत व्यक्त गरेका थिए ।

जिल्ला समन्वय समिति पर्सामा भएकाे सहयाेग सामग्री हस्तान्तरण कार्यक्रममा क्याटका सदस्य एवम् नेपाली कांग्रेसको जिल्ला सचीव श्याम पटेल, तत्कालीन समाजबादी पार्टीका जिल्ला सचीव तबरेज अहमद, नेकपाका प्रतिनिधि संजिव मिश्रा, शैली चौधरी लगायतको उपस्थिति रहेको थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स

वीरगंजमा टी२० महिला तथा पुरुष क्रिकेट प्रतियोगिता सुरु

कालिका टाईम्स

नगर प्रमुख पाठककाे अभिव्यक्ति प्रति कांग्रेसकाे आपत्ति, विवादित शिक्षक नियुक्ति रद्द गरि पुन: गर्न माग

कालिका टाईम्स
SQL requests:215. Generation time:6.003 sec. Memory consumption:82.49 mb