Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

लायन्स क्लबद्वारा प्रसौनी बिर्तामा राहत बितरण

spot_img
spot_img

वीरगंज । लायन्स क्लब अफ वीरगंज आर्दशनगरको सहयोगमा आज वीरगंज २३ प्रसौनी बिर्तामा राहत बितरण गरिएको छ ।

संचारकर्मी बिक्की नेपालको बिशेष पहल र लायन्स क्लव अफ वीरगंज आर्दशनगरको आर्थिक सहयोगमा अति बिपन्न २५ परिवारलाई राहत समाग्री बितरण गरिएको हो । लायन्स कल्व अफ आर्दशन नगरका अध्यक्ष संजय कुमार खेतानको अध्यक्षतामा आयोजित राहत बितरण कार्यक्रममा प्रत्येक परिवारलाई १५ केजी चामल र एक किलो दाल बितरण गरिएको थियो ।

श्री नेपाल राष्ट्रिय अधारभुत बिद्यालयमा आयोजित कार्यक्रममा नेकपा युवा नेता एवं वडा सदस्य लालबाबु यादव, क्लबका पुर्व अध्यक्ष प्रकाश भाहेति, क्लवका सदस्य बिरेन्द्र कुमार शर्मा, समाजसेवी प्रहलाद गुप्ता गोंड, पत्रकार आरोहण साह लगायतको सहभागिता रहेको थियो । कार्यक्रको सहजीकरण स्थानिय राकेश साहले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...