Date
बुध, कार्तिक ५, २०८३
Wed, October 21, 2026

लायन्स क्लबद्वारा प्रसौनी बिर्तामा राहत बितरण

spot_img
spot_img

वीरगंज । लायन्स क्लब अफ वीरगंज आर्दशनगरको सहयोगमा आज वीरगंज २३ प्रसौनी बिर्तामा राहत बितरण गरिएको छ ।

संचारकर्मी बिक्की नेपालको बिशेष पहल र लायन्स क्लव अफ वीरगंज आर्दशनगरको आर्थिक सहयोगमा अति बिपन्न २५ परिवारलाई राहत समाग्री बितरण गरिएको हो । लायन्स कल्व अफ आर्दशन नगरका अध्यक्ष संजय कुमार खेतानको अध्यक्षतामा आयोजित राहत बितरण कार्यक्रममा प्रत्येक परिवारलाई १५ केजी चामल र एक किलो दाल बितरण गरिएको थियो ।

श्री नेपाल राष्ट्रिय अधारभुत बिद्यालयमा आयोजित कार्यक्रममा नेकपा युवा नेता एवं वडा सदस्य लालबाबु यादव, क्लबका पुर्व अध्यक्ष प्रकाश भाहेति, क्लवका सदस्य बिरेन्द्र कुमार शर्मा, समाजसेवी प्रहलाद गुप्ता गोंड, पत्रकार आरोहण साह लगायतको सहभागिता रहेको थियो । कार्यक्रको सहजीकरण स्थानिय राकेश साहले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...