Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

वीरगंजमा सुविधा नहुदा काठमाडाैंमा सेवा लिनु पर्ने बाध्यताले झन पिडा

spot_img
spot_img

वीरगंज । मिर्गाैलाका बिरामीलाई हेपेटाइटिस भएपछि डायलिसिसकाे लागि थप समस्या झेल्नु परेकाे छ । वीरगंजमा हेपेटाइटिस भएका बिरामीलाई डायलिसिस गर्ने सुविधा नहुदा काठमाण्डाै जानु पर्ने र त्यही बस्नु पर्ने बाध्यता श्रृजना भएकाे हाे ।

हेपेटाइटिस ए, बि, सि, डि र ई भएका बिरामीहरुलाई वीरगंजमा डायलिसिस नहुदा काठमाडाैंमा जानु पर्ने र त्यहीं बस्नु पर्ने बाध्यताले झन पिडा भएकाे मिर्गाैला बिरामीका आफन्तहरुले वताएका छन् । यसका साथै आर्थिक भार पनि बढेकाेले थप समस्या श्रृजना भएकाे उनीहरुकाे दु:खेसाे छ ।

डायलिसिसकाे लागि नै एक महिनादेखी काठमाडाैं मै रहेका पर्सागढी नगरपालिकाका वडा नं. ७ टिकुलियाका सनाेज रायले वीरगंजमा डायलिसिस सेवा नहुदा काठमाडाैं थप पिडा खेप्नु पर्ने दु:खेसाे सुनाए । उनी दाजुभाई आफ्नाे बुवाकाे डायलिसिसकाे लागि एक महिना देखि काठमाडाैं मै बसीरहेका छन् ।

काठमाडाैंमा बस्दा  र बुवाकाे डायलिसिस गराउन उनलाई कयाैं समस्या झेल्नु परेकाे छ ।

उनले भने “बुवालाई हेपेटाइटिस “सि” भएपछि वीरगंजमा डायलिसिस नहुदा काठमाडाैं आउनु पर्याे । पहिला नारायणी अस्पताल मै बुवाकाे नियमित डायलिसिस भइरहेकाे थियाे । पछि हेपेटाइटिस भएपछि हामी दाजुभाई र बुवा एक महिनादेखी काठमाडाैं मै बस्दै आएका छाैं । अहिलाे काेराेना महामारीकाे समय रहेकाेले काेठा पाउन, बस्न, खान र हस्पिटलमा आवतजावत गर्न पनि समस्या भइरहेकाे छ ।” 

उनका अनुसार काठमाडाैंमा उनी जस्तै एक दर्जन भन्दा बढी पर्सा, बारा, राैतहट र सर्लाहीका हेपेटाइटिसका बिरामी छन् । सबैकाे एउटै बाध्यता छ वीरगंज अर्थात नजिककाे कुनै अस्पतालमा डायलिसिस नहुदा काठमाडाैं आउनु पर्ने र बस्नु पर्ने बाध्यता छ ।

नेपाल सरकारले नेपालकाे जुन सुकै अस्पतालमा नि:शुल्क डायलिसिस सेवा लिन सकिने प्रावधान रहेपनि त्याे अस्पतालकाे व्यवहारमा लागु नभएकाे र विभिन्न चेकचाँचकाे बहानामा ठग्नु परेकाे उनी बताउन्छन् ।

उनले कालिका टाइम्ससंग कुरा गर्दै भने  “अहिले काेराेना महामारीकाे समय भएकाेले जुन सुकै अस्पतालमा जादा पहिला पिसिआर लगायतकाे चेकजांच गराउन भन्छन् । त्याे गराउन मै ५ देखी ७ हजार सम्म एक पटकमा खर्च हुन्छ । हप्तामा दुई पटक अनिवार्य रुपमा डायलिसि गराउनु पर्ने हुन्छ तर सरकारी अस्पतालमा डायलिसिस गर्ने ठाउँकाे अभावमा निजि अस्पतालमा जानु पर्ने बाध्यता हुन्छ । डायलिसिस सेवा नि:शुल्क भएपनि सरकारी हाेस वा निजि अस्पताल सबैमा पैसा तिर्नु पर्ने बाध्यता छ । सरकारीका अस्पतालहरु बेड खाली नभएकाे भन्छन्, त्यसपछि इमरजेंसीमा गराउन पर्ने हुन्छ । त्यसकाे लागि ३ हजार खर्च हुन्छ । कहिले कांही निजि अस्पतालमा गराउदा रु ७ हजार सम्म तिर्नु पर्ने बाध्यता छ ।”

एक पटक चार घण्टा सम्म हुने डायलिसिस इमरजेंसीमा २ घण्टा सम्म हुन्छ । तर यहाँ हाम्राे समस्या सुनिदिने र बुझिदिने काेही पनि छैनन् उनले दु:खेसाे पाेखे ।

वीरगंजमा भन्दा काठमाडाैं टाँडा भएकाेले आउने र जान पनि सकिदैन् । एमबुलेन्सकाे भाडा पनि महंगाे भएकाेले नसकिएकाे उनले वताउँछन् । घर परिवारका सदस्यसमेत बिरामी आफन्तसंग भेट नसक्ने अवस्था छ । यहाँबाट बिरामीलाई एकै पटक मृत्यु भएपछि नै घर लग्न सकिने उनले दु:खेसाे सुनाए ।

उनका अनुसार केही त लामाे समयदेखी एक्लै डायलिसिसकाे लागि काठमाडाैंकाे विभिन्न अस्पतालमा परिसर मै बुसिरहेका हुन्छन् । कहिले काँही अस्पतालहरुले बाहिर निकालेपछि सडक पेटीमा बसेकाे देख्दा आँखाबाट आसु झर्छ ।

उनले थपे “वीरगंजमा डायलिसिस सेवा भइदिएकाे भए यतिकाे सास्ती हुने थिएन । समय र आर्थिक बचत पनि हुने थियाे । यतिकाे सास्ती भाेग्नु पर्ने बाध्यता हुदैन थियाे । वीरगंजमै डायलिसिस सेवा संचालनकाे लागि हामी स्थानिय नेता र अस्पतालका विभिन्न व्यक्तिलाई गुुहारे पनि आश्वासन मात्र आउन्छ । अहिले सम्म केही हुन सकेकाे छैन् ।”

हामीले बुझ्दा नारायणी अस्पता मै मेसिन भएकाे र त्याे बिग्रेकाे अवस्थामा रहेकाेले, त्यसलाई मर्मत गरेपछि वीरगंज मै सेवा संचालन गर्न सकिने उनले वताए ।

नारायणी अस्पतालका डायलिसिस सेवाका इन्चार्ज डा. निरज सिंहले वीरगंजमा हेपेटाइटिस बिरामीकाे डायलिसिसकाे लागि सरकारले लागनी गर्नु पर्ने वताए । उनले भने “हेपेटाइटिस भएका बिरामीहरुकाे लागि छुट्टै मसिनमा डायलिसिस गर्नु पर्छ । त्यसकाे लागि सरकारले केही मेसिनकाे व्यवस्था गरिदिनु पर्ने हुन्छ ।”

उनका अनुसार हेपेटाइटिस “सि” काे बिरामीकाे डायलिसिस काठमाडाैं बाहेक अरु कहीं हुदैन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम । मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ । हाल स्नातकोत्तर तहको एमपिए, कानुन सङ्कायतर्फ बीए एलएलबी र जनप्रशासन सङ्कायतर्फ बिपीएम...

चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू : जिप्रका पर्सा

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्व लक्षित विशेष सुरक्षा योजना आजदेखि लागू गरेको छ । आगामी बडादसैँ, तिहार, नेपाल संवत् तथा छठलाई शान्तिपूर्ण, सुरक्षित,...

फैसला कार्यान्वयन अभियानअन्तर्गत रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ

रौतहट । रौतहट जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार भएका ३७ जना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । अदालतको फैसला कार्यान्वयन विशेष...