8 April 2025
KALIKATIMES.COM

क्याटकाे पहलमा वाटिका आइसाेलेसनमा आयुर्वेदिक औषधी सहयाेग

वीरगंज । काेभिड एक्सन टिम (क्याट) पर्साकाे पहलमामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पर्साले आइतबार हाेटल वाटिकाकाे आइसाेलेसनमा आयूर्वेदिक औषधी सहयाेग गरेकाे छ ।

स्वास्थ्य केन्द्रले आइसाेलेसमा रहेका काेराेना संक्रमितहरुकाे लागि च्वनप्रास, इम्युनिटी टि, सितोपलादी चूर्ण, अश्वगंधा चूर्ण लगायतकाे औषधी ३० प्याकेट सहयाेग गरेकाे हाे । वाटिकाकाे आइसाेलेसन मै पुगेर क्याट समुह र स्वास्थ्य केन्द्रका प्रतिनिधिहरुले साे समाग्री आइसाेलेसन प्रशासनलाई हस्तान्तरण गरेका छन् । 

क्याटका संयाेजकसमेत रहेका जिल्ला समन्वय समिति पर्साका प्रमुख नेक महमद अन्सारीले आइसाेलेसन प्रशासनलाई साे ओषधी हस्तान्तरण गरेका हुन् ।

साे अवसरमा क्याटका सदस्य नेपाली कांग्रेसका जिल्ला सचिव श्याम पटेल, तत्कालिन समाजवादी पार्टीका जिल्ला सचिव तबरेज अहमद, नेकपाका प्रतिनिधि संजिव मिश्रा, स्वास्थ्य केन्द्रका बैध राजु साह, शैली चाैधरी लगायतकाे उपस्थिती रहेकाे थियाे ।

यस अघि पनि भदाै १० गते क्याटकाे पहलमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र र सात्विक आयुर्वेद अस्पताल वीरगंजले पाेखरिया अस्पतालकाे आइसाेलेसनमा आयुर्वेदिक काढा र औषधी सहयाेग गरेकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स

वीरगंजमा टी२० महिला तथा पुरुष क्रिकेट प्रतियोगिता सुरु

कालिका टाईम्स

नगर प्रमुख पाठककाे अभिव्यक्ति प्रति कांग्रेसकाे आपत्ति, विवादित शिक्षक नियुक्ति रद्द गरि पुन: गर्न माग

कालिका टाईम्स
SQL requests:215. Generation time:7.793 sec. Memory consumption:82.46 mb