8 April 2025
KALIKATIMES.COM

एसिड पीडित खातुनलाई प्रयटनमन्त्री गरे नगद सहयोग

वीरगंज । संस्कृृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जन्मदिनको उपलक्ष्यमा एसिड पीडित वीरगंजकी बालिका मुस्कान खातुनलाई नगद सहयोग गरेका छन् ।

मन्त्री भट्टराईले खातुनलाई रु ५० हजार नगद सहयोग गरेकाे उनकाे सचिवालयले जनाएकाे छ । एसिड प्रहारबाट घाइते भएकी खातुनलाई आफ्नाे मन्त्रालय मै बाेलाएर मन्त्री भट्टराईले साे रकम हस्तान्तरण गरेका हुन् ।

कक्षा ९ मा अध्ययनरत खातुनको अध्ययन खर्चमा सहयोग पुग्ने गरी जन्मदिनको अवसर पारी मन्त्री भट्टराईले नगद सहयोग गरेको सचिवालयले जनाएको छ ।

उनले खातुनलाई भविष्यमा डाक्टर बन्ने शुभकामना समेत दिए । आफुले दिएको रकम बैंकमा जम्मा गर्न र डाक्टर पढ्ने बेला खर्च गर्न आग्रह समेत उनले गरे ।

केही दिन अगाडि खातुनलाई प्रधानमन्त्रीले समेत वालुवाटार बोलाएर शिक्षाको प्रवन्ध गर्ने वचन दिएका थिए । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स

वीरगंजमा टी२० महिला तथा पुरुष क्रिकेट प्रतियोगिता सुरु

कालिका टाईम्स

नगर प्रमुख पाठककाे अभिव्यक्ति प्रति कांग्रेसकाे आपत्ति, विवादित शिक्षक नियुक्ति रद्द गरि पुन: गर्न माग

कालिका टाईम्स
SQL requests:215. Generation time:6.005 sec. Memory consumption:82.49 mb