24 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

प्रहरी, बैंकरसहित पर्सामा थप २४ जनामा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज । पर्सामा थप २४ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ ।

नारायणी अस्पतालको प्रयोशालामा शनिबार राति गरिएको परिक्षणमा पर्साका २४ जना र बाराका २ जनामा संक्रमण फेला परेकाे अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चाैरसियाले जानकारी दिए । 

संक्रमित हुनेमा ५  महिला र २१ पुरुष रहेका छन् । संक्रमितहरु १६ वर्षदेखि ६४ वर्ष उमेर समुहका छन् ।

पर्सा र बाराका ५ सय १० जनाको पिसिआर परिक्षण गर्दा २ ६ जना संक्रमित भेटिएको अस्पतालका प्रवक्ता डा. चौरसियाले जानकारी गराए । 

थपिएका संक्रमित मध्ये वीरगञ्जस्थित कृषि औजार कारखानाको ब्यारेकमा कार्यरत दुई सशस्त्र प्रहरीका जवान र नबिल बैंक वीरगञ्ज शाखामा कार्यरत पाँच जना कर्मचारीपनि रहेका छन् ।

त्यस्तै पर्सामा थपिएका अन्य संक्रमितहरु वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १२ को ३ जना, वडा नम्बर ९, १५ र २५ का २-२ जना र वडा नम्बर ६, १०, १३, १४, २०, २१ का १-१ जना रहेका छन् भने कालिकामाई गाउँपालिका वडा नम्बर ४ का एक जना र जगरनाथपूर गाउँपालिका वडा नम्बर ५ का एक रहेका छन् । थप पाँच संक्रमितहरुको ठेगना खुल्न सकेको छैन ।

त्यसैगरी बारा जिल्लाको महागढीमाई नगरपालिका वडा नम्बर २ का दुई जनामा कोरोना संक्रमण देखिएको छ । 

संक्रमितमध्ये २३ जनाको सिटि भ्यालु २४ भन्दा माथि रहेको छ भने ३ जनाको २४ भन्दा कम रहेको प्रवक्ता डा. चाैरसियाले जानकारी गराए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:216. Generation time:3.607 sec. Memory consumption:81.41 mb