24 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

आर्मी र बैंकका कर्मचारीसहित थप १८ जनामा काेराेना संक्रमण

वीरगंज । पर्सामा शनिबार ६ जना मात्र काेराेना संक्रमित थपिएका छन् । नारायणी अस्पतालकाे प्रयाेगशालामा शुक्रबार राति पर्सा र बाराका ५८० जनाकाे स्वाब परिक्षण गर्दा पर्साकाे ६ जनामा मात्र संक्रमण फेला परेकाे जिल्ला प्रशासन कार्यालय पर्साले जनाएकाे छ ।
 
जिल्ला प्रशासन कार्यालयका अनुसार संक्रमित हुनेमा ३ महिला र ३ पुरुष रहेका छन् । जस मध्ये २० भन्दा कम सिटी भ्यालु २ जनाकाे, २१ देखी २४ सम्म ३ जनाकाे र २५ भन्दामाथी एक जनाकाे रहेकाे छ ।
 
वीरगंज महानगरपालिकाकाे वडा नं.०५, १३, १४ मा १-१ जना र पर्सागढी नगरपालिकामा ३ जना संक्रमित थपिएका छन् । संक्रमित हुनेमा नविल बैंक वीरगंजमा शाखाका कार्यरत ३ जना रहेका छन् ।
 
याेसंगै पर्सामा कोरोना संक्रमितकाे संख्या २ हजार ३ सय ७७ पुगेकाे प्रशासन कार्यालयले जनाएकाे छ । जसमा एक हजार ८ सय ४६ पुरुष र ५ सय ३१ महिला रहेका छन् ।
 
यता नारायणी अस्पताल कै प्रयाेगशालामा शुक्रबार राति गरिएकाे परिक्षणमा बाराका १२ जनामा संक्रमण पुष्टि भएकाे छ ।
 
बाराकाे जितपुर आर्मी ब्यारकका ३ जना, सिम्राैनगढका ६ जना र प्रहरी कार्यालय बाराका ३ जनामा संक्रमण देखिएकाे नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चाैरसियाले जानकारी दिए । 
प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:209. Generation time:3.847 sec. Memory consumption:81.19 mb