Date
सोम, जेष्ठ ११, २०८३
Mon, May 25, 2026

बन्जारीमा भएकाे कार्यक्रममा २७ जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिकाकाे वडा नं. ४ बन्जारीमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । श्री सनसाइन ईङ्गलिस बाेर्डिङ्ग स्कुल र साह हेल्थ क्लिनिक बन्जारीकाे आयाेजनामा भएकाे कार्यक्रममा २७ जनाले रक्तदान गरेका छन् ।

बाेर्डिङ्गका प्रिन्सपल एवं क्लिनिकका संचालक अनिल कुमार साहकाे अध्यक्षतामा भएकाे कार्यक्रममा शिभेन्द्र कुमार श्रीवास्तव, रबि कुमार महताे, जलिम मियाँ धाेबि, राजेश हजरा, भन्टु यादव, माेरधय यादव, राजु सहनी, जितेन्द्र कुमार महताे, राम क्षेत्री सहनी, राजकपुर पासवान, साहेब कुमार यादव, दिपक महताे, अर्जुन सहनी, महमद सारुख, अबदुल अन्सारी, अबुलेश देवान, धवन साह, अवधेश ठाकुर, कृष्णा साह तेली, रन्जय कुमार सारुख, जयराम सहनी, कमलेश प्रसाद सुमन, बिबेक साह तेली, इशराफिल गद्दी, माेहन साह, प्रेम सागरले रक्तदान गरेका हुन् ।

श्री सनसाइन ईङ्गलिस बाेर्डिङ्ग स्कुलमा भएकाे कार्यक्रममा नेपाली कांग्रेसका महाधिबेशन प्रतिनिधि रामेश्वर महताे केंवट, रेडक्रस उप शाखा तुल्सी बर्वाका सभापति मुना बर्मा, पत्रकार शम्भु कुमार सुमन, स्वस्थ्य चाैकी बन्जारीका मन्सुर आलम लगायतकाे उपस्थिती रहेकाे थियाे । कार्यक्रममा रक्तदान गर्नेहरुलाई प्रमाण पत्रसमेत वितरण गरिएकाे थियाे ।

रक्त संचार केन्द्र वीरगंजका प्राविधिक जितेन्द्र कुशवाहा नेतृत्वकाे टाेलीले कार्यक्रममा प्राविधिक सहयाेग गरेकाे थियाे ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भेरी अस्पतालमा औषधि अभावदेखि अनियमिततासम्मका आरोप, निष्पक्ष छानबिनको माग

नेपालगंज । पश्चिम नेपालको प्रमुख सरकारी स्वास्थ्य संस्था भेरी अस्पताल यतिबेला औषधि अभाव, आर्थिक अनियमितता, स्टोर आगलागी तथा प्रशासनिक सेटिङका आरोपका कारण विवादमा तानिएको...

लिटिल बडी प्रि–स्कुलमा निःशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न

वीरगंज । वीरगंज महानगरपालिका–८ पानीटंकीस्थित लिटिल बडी प्रि–स्कुलमा आइतबार निःशुल्क दन्त स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ । स्माइल डेन्टल केयर एण्ड पोलिक्लिनिकको सहकार्यमा...

मधेश प्रदेशमा कार्यसम्पादनमा उत्कृष्ट बन्दै जिप्रका पर्सा सम्मानित

वीरगंज । आर्थिक वर्ष २०८२/०८३ को वार्षिक कार्यसम्पादन मूल्यांकनमा मधेश प्रदेशका जिल्ला प्रहरी कार्यालयहरूमध्ये जिल्ला प्रहरी कार्यालय पर्सा उत्कृष्ट घोषित भएको छ । उत्कृष्ट कार्यसम्पादन...