24.6 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

छिपहरमाईमा पिसिआर परिक्षण गर्न नेपाली कांग्रेसकाे माग

भिस्वा । पर्साकाे छिपहरमाई गाउँपालिकामा नेपाली कांग्रेसकाे शुक्रबार बैठक सम्पन्न भएकाे छ । छिपहरमाई गाउँपालिकाकाे वडा नं. ४ बन्जारीमा भएकाे गाउँपालिका समितिकाे बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएकाे हाे ।

बैठकले गाउँपालिकामा एक घर एक पिसिआर परिक्षण गर्न, आइसाेलेसनकाे व्यवस्था गर्न र थप राहत वितरण गर्न गाउँपालिकासंग माग गर्न निर्णय गरेकाे बैठकमा सहभागि जिल्ला सदस्य नविन संहले जानकारी दिए ।

उनले भने “पर्साकाे सबै पालिकाहरुले आफ्नाे गाउँवासीलाई काेराेना संक्रमणबाट जाेगाउन पिसिआर परिक्षण गरिरहेकाे अवस्थामा हाम्राे गाउँपालिकाले केही नगरेकाे घण्डमा हामी बैठक बसी हामी पिसिआर परिक्षण गर्न र आइसाेलेसनकाे व्यवस्था गर्न माग गरेका हाैं । यसका साथै लामाे समय देखीकाे बन्दाबन्दीका कारण प्रभावित गरिब र विपन्न परिवारलाई राहत वितरण गर्न माग गर्न पनि निर्णय गरेका छाैं ।”  

गाउँपालिका संयाेजक धुरेन्द्र प्रसाद साह कानुकाे अध्यक्षतामा भएकाे बैठकमा नेपाली कांग्रेस पर्साका सचिव किशोरी साह कानु, क्षेत्रिय अध्यक्ष रमेश पाँण्डे, क्षेत्रिय सदस्य रामाशंकर साह कानु लगायतकाे उपस्थित रहेकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:4.517 sec. Memory consumption:81.47 mb