Date
मङ्ल, कार्तिक ४, २०८३
Tue, October 20, 2026

रेडक्रसकाे ५८ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइयाे

spot_img
spot_img
वीरगंज । नेपाल रेडक्र्स साेसाइटीकाे ५८ औं स्थापना दिवसकाे अवसरमा पर्सा शाखाले विभिन्न कार्यक्रम गरि मनाएको छ ।
कोरोना महामारिले गर्दा राज्य पुरै त्रासमा रहेको बेला रेडक्र्स पर्साले सरकारबाट गरिएको निर्देशनलाई पालना गरि शाखामा झन्डोतोलन, सरसफाइ, मास्क बितरण, पम्पलेट बितरण, रक्तदान लगायकाे कार्यक्रम गरेर मनाएकाे हाे ।
 
रेडक्र्स पर्सा शाखाबाट मनाइएको सबै कार्यक्रम शाखाका सभापति बिरेन्द्र राज कंडेलको सभापतित्वमा भएको थियो भने झन्डोतोलन कार्यक्रमकाे प्रमुख अतिथी रेडक्रस प्रदेश नं. २ का अध्यक्ष फुलमहम्मद मियाले झन्डोतोलन गरि पानसमा बति बालेपछि रेडक्र्सका जन्मदाता जाँ हेनरी ड्युनाको तस्बिरमा सहभागी सबैले फुलमाला चढाइ एकअर्कालाई शुभकामना दिएका थिए । झण्डोतोलन पश्चात् शाखा भवनको हातामा सरसफाइ गरिएको थियो ।
 
रेडक्र्स दिवसकै अवसरमा र कोरोना संक्रमण नियन्त्रणका लागि जनचेतना फैलाउने उदेश्यले मास्क र पम्पलेटसमेत वितरण गरिएकाे थियाे । यसका साथै दिवस कै अवसरमा रक्त सञ्चार केन्द्रमा सभापति बिरेन्द्र राज कंडेल, उमेश मिश्र, अजय यादव लगायत १० जनाले रक्तदान गरेका थिए ।
कार्यक्रममा उपसभापति श्रीमती मधु राणा, कोषाध्यक्ष महन्थ प्रसाद यादव, उपमन्त्री साबिर अहमद एराज, मदन प्रसाद गुप्ता, रामनरेश यादव, सन्तोष गुप्ता, दिनानाथ रौनियार, काशी प्रसाद शाह, लक्ष्मीनारायण राउत, राजन श्रीवास्तव, बिरशमसेर प्रसाद कुर्मी, भरत शर्मा, राजु शाह, राहुल पटेल लगायतको सहभागीता रहेको थियोे भने कार्यक्रमकाे संचालन मन्त्री शैलेन्द्र कुमार चौरासीयाले गरेका थिए ।
 
नेपाल रेडक्र्स सोसाइटी पर्सा जिल्ला शाखाद्वारा गठित २२ वटा उपशाखा लगायत ७७ जिल्ला र केन्द्रलेसमेत आजको दिन रेडक्र्सको स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गरि मनाउने गरेकाे रेडक्रस पर्साका सहायक राजन श्रीवास्तवले जानकारी गराए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...