Date
आइत, भदौ १४, २०८३
Sun, August 30, 2026

रेडक्रसकाे ५८ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइयाे

spot_img
spot_img
वीरगंज । नेपाल रेडक्र्स साेसाइटीकाे ५८ औं स्थापना दिवसकाे अवसरमा पर्सा शाखाले विभिन्न कार्यक्रम गरि मनाएको छ ।
कोरोना महामारिले गर्दा राज्य पुरै त्रासमा रहेको बेला रेडक्र्स पर्साले सरकारबाट गरिएको निर्देशनलाई पालना गरि शाखामा झन्डोतोलन, सरसफाइ, मास्क बितरण, पम्पलेट बितरण, रक्तदान लगायकाे कार्यक्रम गरेर मनाएकाे हाे ।
 
रेडक्र्स पर्सा शाखाबाट मनाइएको सबै कार्यक्रम शाखाका सभापति बिरेन्द्र राज कंडेलको सभापतित्वमा भएको थियो भने झन्डोतोलन कार्यक्रमकाे प्रमुख अतिथी रेडक्रस प्रदेश नं. २ का अध्यक्ष फुलमहम्मद मियाले झन्डोतोलन गरि पानसमा बति बालेपछि रेडक्र्सका जन्मदाता जाँ हेनरी ड्युनाको तस्बिरमा सहभागी सबैले फुलमाला चढाइ एकअर्कालाई शुभकामना दिएका थिए । झण्डोतोलन पश्चात् शाखा भवनको हातामा सरसफाइ गरिएको थियो ।
 
रेडक्र्स दिवसकै अवसरमा र कोरोना संक्रमण नियन्त्रणका लागि जनचेतना फैलाउने उदेश्यले मास्क र पम्पलेटसमेत वितरण गरिएकाे थियाे । यसका साथै दिवस कै अवसरमा रक्त सञ्चार केन्द्रमा सभापति बिरेन्द्र राज कंडेल, उमेश मिश्र, अजय यादव लगायत १० जनाले रक्तदान गरेका थिए ।
कार्यक्रममा उपसभापति श्रीमती मधु राणा, कोषाध्यक्ष महन्थ प्रसाद यादव, उपमन्त्री साबिर अहमद एराज, मदन प्रसाद गुप्ता, रामनरेश यादव, सन्तोष गुप्ता, दिनानाथ रौनियार, काशी प्रसाद शाह, लक्ष्मीनारायण राउत, राजन श्रीवास्तव, बिरशमसेर प्रसाद कुर्मी, भरत शर्मा, राजु शाह, राहुल पटेल लगायतको सहभागीता रहेको थियोे भने कार्यक्रमकाे संचालन मन्त्री शैलेन्द्र कुमार चौरासीयाले गरेका थिए ।
 
नेपाल रेडक्र्स सोसाइटी पर्सा जिल्ला शाखाद्वारा गठित २२ वटा उपशाखा लगायत ७७ जिल्ला र केन्द्रलेसमेत आजको दिन रेडक्र्सको स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गरि मनाउने गरेकाे रेडक्रस पर्साका सहायक राजन श्रीवास्तवले जानकारी गराए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ : प्रजिअ गणेश अर्याल

नारायणगढ (चितवन) ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी नदी किनारमा भेटिएका शवको व्यवस्थापनका सन्दर्भमा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अहिले...

अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना

नुवाकोट । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रमा उद्धारसँगै शव सङ्कलन हाल सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा...

भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा

जनकपुरधाम ।  रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३० जना परिवारको सम्पर्कमा आएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं वरिष्ठ प्रहरी...