24 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

महासंघद्वारा प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन

वीरगंज । डिप्लोमा मुनिका प्राविधिक स्वास्थ्य संकायहरूमा यसै शैक्षिक सत्र देखि भर्ना नलिने राष्ट्रिय चिकित्सा शिक्षा आयोगको निर्णय प्रति घोर आपति जनाउदै पर्सा अवस्थित तीन शिक्षण संस्थाहरुले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन ।

निजी प्राविधिक शिक्षालय महासंगको पूर्व निर्धारित कार्यक्रम अनुसार महासंघका केन्द्रीय सदस्य प्रमोद यादवको नेतृत्वमा गएको टोलीले जिल्ला प्रशासन कार्यालय पर्साका विनय श्रीवास्तवलाई ज्ञापन पत्र बुझाएको हो । इन्स्टिच्युट अफ रुरल हेल्थ प्रालि वीरगन्जका प्रमोद यादव, डीभाइन इन्स्टिच्युट अफ हेल्थ साइन्सका सोनालाल चौरसिया, श्री भवानी हस्पिटल एण्ड रिसर्च सेन्टर वीरगन्जका हरी श्रेष्ठद्वरा संयुक्त रूपमा हस्ताक्षरित ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापन पत्रमार्फत कोरोना संक्रमण महामारीका कारण लामो समय देखि ई संस्थाहरु बन्द रही जर्जर अवस्थामा पुगेको बेला सरकारबाट राहतको अपेक्षा गरिएको अवस्थामा उल्टै संस्था नै बन्द गर्ने खालको निर्णय आउनु असधैं दुःखद भएको जनाइएको छ ।

ज्ञापन पत्रमा गरीब विद्यार्थीहरू रोजगारको अध्यानको उद्यम बिन्दुको रूपमा रहेको स्वास्थ्य संकायका डिप्लोमा मुनिका यों तह बन्द भएपछि अझै रोजगारीको समस्या बढने भएकोले राष्ट्रिय चिकित्सा शिक्षा आयोगको निर्णयमाथि पुनर्विचार गर्न आग्रहसमेत गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:216. Generation time:4.042 sec. Memory consumption:81.48 mb