Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

कालिकामाई र सखुवा प्रसाैनीका ६ सहित थप ४५ जनामा काेराेना पुष्टि

spot_img
spot_img

वीरगंज । नारायणी अस्पताल वीरगंजकाे प्रयाेगशालामा बिहिबार राति गरिएकाे परिक्षणमा ४५ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ ।

पर्सा र बाराकाे ५८४ जनाकाे स्वाबकाे नमुना परिक्षण गर्दा १० महिलासहित ४५ जनामा काेराेना संक्रमण फेला परेकाे नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चाैरसियाले जानकारी दिए । संक्रमित हुनेमा पर्साका २६ र बाराका १९ जना रहेकाे उनले जनाए ।

संक्रमितहरु १८ बर्षदेखी ४५ बर्ष सम्मका रहेका छन् । 

डा. चाैरसियाका दिएकाे जानकारी अनुसार पर्साकाे वीरगंज महानगरपालिकाकाे १९ जना, नविल बैंकका ५ जना, कालिकामाई गाउँपालिका, सखुवा प्रसाैनी गाउँपालिकाकाे ३-३ जना र पटेर्वा सुगाैली गाउँपालिकाकाे १ जनामा संक्रमण देखिएकाे छ ।

वीरगंज महानगरपालिकाकाे वडा नं. ८, १५, २१, का १-१ जना, वडा नं. ९, १०, ११, १४, २२ का २-२ जना, कालिकामाई गाउँपालिकाकाे वडा नं. १ का २ जना, वडा नं. ३ का १ जना, सखुवा प्रसाैनी गाउँपालिकाकाे वडा नं. ४ का २ जना र वडा नं. ५ का १ जना संक्रमित भएका छन् । 

यस्तै बाराकाे निजगढ नगरपालिकाका १४ जनामा संक्रमण देखिएकाे छ । संक्रमित हुनेमा निजगढ नगरपालिकाकाे वडा नं. ३, ७,९ का १-१ जना, वडा नं. ८ का २ जना, निजगढ इलका प्रहरी कार्यालयका ६ जना, सशस्त्र प्रहरी बल पिलुवाका २ जना र कामना विकास बैंकका एक जना रहेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

अठराहा सुगौली जलमग्न, पानी निकासको माग गर्दै आईसीपी गेटमा चक्काजाम

वीरगञ्ज । लगातारको वर्षाका कारण वीरगञ्ज महानगरपालिका–२६ स्थित अठराहा सुगौली क्षेत्र जलमग्न भएको छ। पानी निकासको उचित व्यवस्था नहुँदा बस्ती तथा सडकमा पानी जम्नुका...

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...