24 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

कालिकामाई र सखुवा प्रसाैनीका ६ सहित थप ४५ जनामा काेराेना पुष्टि

स्वाब संकलन । फाइल तस्बिर

वीरगंज । नारायणी अस्पताल वीरगंजकाे प्रयाेगशालामा बिहिबार राति गरिएकाे परिक्षणमा ४५ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ ।

पर्सा र बाराकाे ५८४ जनाकाे स्वाबकाे नमुना परिक्षण गर्दा १० महिलासहित ४५ जनामा काेराेना संक्रमण फेला परेकाे नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चाैरसियाले जानकारी दिए । संक्रमित हुनेमा पर्साका २६ र बाराका १९ जना रहेकाे उनले जनाए ।

संक्रमितहरु १८ बर्षदेखी ४५ बर्ष सम्मका रहेका छन् । 

डा. चाैरसियाका दिएकाे जानकारी अनुसार पर्साकाे वीरगंज महानगरपालिकाकाे १९ जना, नविल बैंकका ५ जना, कालिकामाई गाउँपालिका, सखुवा प्रसाैनी गाउँपालिकाकाे ३-३ जना र पटेर्वा सुगाैली गाउँपालिकाकाे १ जनामा संक्रमण देखिएकाे छ ।

वीरगंज महानगरपालिकाकाे वडा नं. ८, १५, २१, का १-१ जना, वडा नं. ९, १०, ११, १४, २२ का २-२ जना, कालिकामाई गाउँपालिकाकाे वडा नं. १ का २ जना, वडा नं. ३ का १ जना, सखुवा प्रसाैनी गाउँपालिकाकाे वडा नं. ४ का २ जना र वडा नं. ५ का १ जना संक्रमित भएका छन् । 

यस्तै बाराकाे निजगढ नगरपालिकाका १४ जनामा संक्रमण देखिएकाे छ । संक्रमित हुनेमा निजगढ नगरपालिकाकाे वडा नं. ३, ७,९ का १-१ जना, वडा नं. ८ का २ जना, निजगढ इलका प्रहरी कार्यालयका ६ जना, सशस्त्र प्रहरी बल पिलुवाका २ जना र कामना विकास बैंकका एक जना रहेका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:216. Generation time:3.446 sec. Memory consumption:81.41 mb