Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

कालिकामाईका ४ सहित पर्सामा थप ६९ जनामा काेराेना संक्रमण पुष्टि

spot_img
spot_img

वीरगंज । पर्सामा थप ६९ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ । नारायणी अस्पतालको प्रयोगशालामा बुधबार राति गरिएकाे परिक्षणमा पर्साका ६९ जनाकाे काेराेना संक्रमण पुष्टि भएकाे अस्पतालका प्रवक्ता डा. अतुलेश चाैरसियाले जानकारी दिए ।

याेसंगै पर्सामा काेराेना संक्रमितकाे संख्या २ हजार ३४४ पुगेकाे छ ।

प्रवक्ता डा. चाैरसियाका अनुसार पर्साकाे वीरगंज महानगरपालिकाका विभिन्न वडामा ४९ जना, बहुदरमाई नगरपालिकाकाे वडा नं. ४, ५ का ५ जना, पाेखरिया नागरपालिकाकाे वडा नं. ४, १० का ४ जना, पर्सागढि नगरपालिकाकाे वडा नं. ४, ८ का ७ जना र कालिकामाई गाउँपालिकाकाे वडा नं. २ का ४ जना संक्रमित भएका छन् ।

यस्तै नारायणी अस्पताल कै प्रयाेगशालामा गरिएकाे परिक्षणमा बाराका २४ जना र राैतहटका १७ जनामा संक्रमण देखिएकाे छ ।

पर्सा, बारा र राैतहटका ५७६जनाकाे स्वाबकाे नमुना परिक्षण गर्दा ३० महिलासहित एक सय १० जनामा संक्रमण फेला परेकाे प्रवक्ता डा. चाैरसियाले जनाए । संक्रमित हुनेमा डेढ बर्षिय बालकदेखी ८० वर्षिय बृद्ध सम्म रहेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

वन संरक्षणमा वन कार्यालय र उपभोक्ता समूहबीच सहकार्य आवश्यक : प्रमुख अहमद

वीरगंज । डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले वन संरक्षण, व्यवस्थापन तथा विकासका लागि वन कार्यालय र उपभोक्ता समूहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको...

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...