24 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

कालिकामाईका ४ सहित पर्सामा थप ६९ जनामा काेराेना संक्रमण पुष्टि

वीरगंज । पर्सामा थप ६९ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ । नारायणी अस्पतालको प्रयोगशालामा बुधबार राति गरिएकाे परिक्षणमा पर्साका ६९ जनाकाे काेराेना संक्रमण पुष्टि भएकाे अस्पतालका प्रवक्ता डा. अतुलेश चाैरसियाले जानकारी दिए ।

याेसंगै पर्सामा काेराेना संक्रमितकाे संख्या २ हजार ३४४ पुगेकाे छ ।

प्रवक्ता डा. चाैरसियाका अनुसार पर्साकाे वीरगंज महानगरपालिकाका विभिन्न वडामा ४९ जना, बहुदरमाई नगरपालिकाकाे वडा नं. ४, ५ का ५ जना, पाेखरिया नागरपालिकाकाे वडा नं. ४, १० का ४ जना, पर्सागढि नगरपालिकाकाे वडा नं. ४, ८ का ७ जना र कालिकामाई गाउँपालिकाकाे वडा नं. २ का ४ जना संक्रमित भएका छन् ।

यस्तै नारायणी अस्पताल कै प्रयाेगशालामा गरिएकाे परिक्षणमा बाराका २४ जना र राैतहटका १७ जनामा संक्रमण देखिएकाे छ ।

पर्सा, बारा र राैतहटका ५७६जनाकाे स्वाबकाे नमुना परिक्षण गर्दा ३० महिलासहित एक सय १० जनामा संक्रमण फेला परेकाे प्रवक्ता डा. चाैरसियाले जनाए । संक्रमित हुनेमा डेढ बर्षिय बालकदेखी ८० वर्षिय बृद्ध सम्म रहेका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:216. Generation time:4.505 sec. Memory consumption:81.42 mb