Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

बहुदरमाईका मेयर साहसहित एक सय ३ जना काेराेना मुक्त

spot_img
spot_img

वीरगंज । पर्साकाे बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र साह काेराेना भाइरस (काेभिड १९) संक्रमण मुक्त भएका छन् ।

बहुदरमाईका मेयर साहसहित एक सय ३ जना काेराेना निकाे भएकाे नगरपालिकाका स्वास्थ्य संयाेजक बिदुर उप्रेतीले जानकारी दिए । नगपालिकाका १२४ संक्रमित मध्ये १६ महिलासहित १०३ जनाकाे रिपाेर्ट बुधबार काेराेना नगेटिभ आएकाे संयाेजक उप्रेतीले जानकारी गराए ।

उनका अनुसार २१ जनाकाे रिपाेर्ट दाेस्राे पटक पनि पाेजिटिभ आएकाे छ । जसमा ३ जना महिला र एक स्वास्थ्यकर्मी रहेका छन् ।

साउन २४ गते काेराेना संक्रमित भएका मेयर साहकाे तेस्राे पटकाे रिपाेर्ट काेराेना नगेटिभ आएकाे हाे । काेराेना संक्रमित भएपछि हाेम आइसाेलेसनमा बस्दै आएका मेयर साह २५ दिनमा काेराेना निकाे भएका हुन् ।

यस्तै काेराेना निकाे हुनेमा नगरपालिकाकाे वडा नं. ४ का वडाध्यक्ष रामरेखा सिंह र ४ जना स्वास्थ्यकर्मीसमेत रहेका छन् ।

काेराेना निकाे हुनेमा ५४ जना नगरपालिकाकाे आइसाेलेसमा बस्दै आएका थिए भने वाकी संक्रमित हाेम आइसाेलेसनमा थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

वन संरक्षणमा वन कार्यालय र उपभोक्ता समूहबीच सहकार्य आवश्यक : प्रमुख अहमद

वीरगंज । डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले वन संरक्षण, व्यवस्थापन तथा विकासका लागि वन कार्यालय र उपभोक्ता समूहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको...

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...