Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

बहुदरमाईका ८ सहित पर्सा र बारामा थप ६४ जनामा काेराेना संक्रमण

spot_img
spot_img

वीरगंज । नारायणी अस्पतालकाे प्रयाेगशालामा मंगलबार राती गरिएकाे परिक्षणमा पर्साका १३ सहित ६४ जनामा काेराेना संक्रमण पुुष्टि भएकाे छ ।

४ सय ९० जनाकाे स्वाबकाे नमुना परिक्षण गर्दा पर्साका १३, बाराका ५० र एक जना गण्डक हस्पिटलकाे गरी ६४ जनामा काेराेना संक्रमण फेला परेकाे नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चाैरसियाले जानकारी दिए । संक्रमित हुनेमा २८ महिला र ३६ पुरुष रहेकाे उनले जानकारी गराए ।

संक्रमित हुनेमा ५ बर्षिय बालकदेखी ७० बर्षिय वृद्ध सम्म रहेका छन् । संक्रमितहरुकाे सिटि भ्यालु १८ देखी ३२ सम्म रहेकाे छ । 

प्रवक्ता डा. चाैरसियाले दिएकाे जानकारी अनुसार पर्साकाे वीरगंज महानगरपालिका वडा नं. ४ का २ जना, वडा नं. १२, १८ का १-१ जना, बहुदरमाई नगरपालिकाकाे वडा नं. ४ का ५ जना, वडा नं. ५ का १ जना र वडा नं. ६ का २ जनामा संक्रमण देखिएकाे छ ।

बहुदरमाईमा कन्टेक्ट ट्रेसिङकाे आधारमा ७० जनाकाे स्वाब परिक्षण गराउदा ३ महिलासहित ८ जनामा काेराेना पाेजिटिभ देखिएकाे नगरपालिकाकाे स्वास्थ्य संयाेजक बिदुर उप्रेतीले जानकारी दिए ।

यस्तै बाराकाे कलैया उपमहानगरपालिका वडा नं. १, ७ का ५-५ जना, वडा नं. २३ का ३ जना, वडा नं. २, ४ का ६-६ जना, वडा नं. ३, ६, ८, ९, २१ का १-१ जना, वडा नं. ५ का ७ जना र वडा नं. २० का ४ जना संक्रमित भएका छन् ।

 यस्तै संक्रमित हुनेमा गण्डक हस्पिटलका एक जनासमेत रहेका प्रवक्ता डा. चाैरसियाले जनाए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

वन संरक्षणमा वन कार्यालय र उपभोक्ता समूहबीच सहकार्य आवश्यक : प्रमुख अहमद

वीरगंज । डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले वन संरक्षण, व्यवस्थापन तथा विकासका लागि वन कार्यालय र उपभोक्ता समूहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको...

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...