Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

बहुदरमाईका ८ सहित पर्सा र बारामा थप ६४ जनामा काेराेना संक्रमण

spot_img
spot_img

वीरगंज । नारायणी अस्पतालकाे प्रयाेगशालामा मंगलबार राती गरिएकाे परिक्षणमा पर्साका १३ सहित ६४ जनामा काेराेना संक्रमण पुुष्टि भएकाे छ ।

४ सय ९० जनाकाे स्वाबकाे नमुना परिक्षण गर्दा पर्साका १३, बाराका ५० र एक जना गण्डक हस्पिटलकाे गरी ६४ जनामा काेराेना संक्रमण फेला परेकाे नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चाैरसियाले जानकारी दिए । संक्रमित हुनेमा २८ महिला र ३६ पुरुष रहेकाे उनले जानकारी गराए ।

संक्रमित हुनेमा ५ बर्षिय बालकदेखी ७० बर्षिय वृद्ध सम्म रहेका छन् । संक्रमितहरुकाे सिटि भ्यालु १८ देखी ३२ सम्म रहेकाे छ । 

प्रवक्ता डा. चाैरसियाले दिएकाे जानकारी अनुसार पर्साकाे वीरगंज महानगरपालिका वडा नं. ४ का २ जना, वडा नं. १२, १८ का १-१ जना, बहुदरमाई नगरपालिकाकाे वडा नं. ४ का ५ जना, वडा नं. ५ का १ जना र वडा नं. ६ का २ जनामा संक्रमण देखिएकाे छ ।

बहुदरमाईमा कन्टेक्ट ट्रेसिङकाे आधारमा ७० जनाकाे स्वाब परिक्षण गराउदा ३ महिलासहित ८ जनामा काेराेना पाेजिटिभ देखिएकाे नगरपालिकाकाे स्वास्थ्य संयाेजक बिदुर उप्रेतीले जानकारी दिए ।

यस्तै बाराकाे कलैया उपमहानगरपालिका वडा नं. १, ७ का ५-५ जना, वडा नं. २३ का ३ जना, वडा नं. २, ४ का ६-६ जना, वडा नं. ३, ६, ८, ९, २१ का १-१ जना, वडा नं. ५ का ७ जना र वडा नं. २० का ४ जना संक्रमित भएका छन् ।

 यस्तै संक्रमित हुनेमा गण्डक हस्पिटलका एक जनासमेत रहेका प्रवक्ता डा. चाैरसियाले जनाए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...