Date
मङ्ल, कार्तिक ४, २०८३
Tue, October 20, 2026

क्याटसंग पर्सा प्रहरी प्रमुख पन्तकाे छलफल

spot_img
spot_img

वीरगंज । काेभिड एक्सन टिम (क्याट) संग पर्सा प्रहरी प्रमुख गंगा पन्तले मंगलबार छलफल गरेकी छन् । जिल्ला प्रहरी कार्यालय पर्सामा भएकाे छलफलमा प्रहरी प्रमुख पन्तले भदाै १९ गतेदेखी बजारमा हुन सक्ने भिड नियन्त्रणकाे लागि सहयाेग गर्न आग्रह गरिन ।

उनले वीरगंजमा सबै भन्दा ठूलाे समस्या पार्किङ्गकाे रहेकाे वताउदै त्यसकाे लागि क्याटले सहयाग गरिदिनु पर्ने वताइन । पार्कीङ्ग गर्ने ठाउँ लागयत बजारमा हुन सक्ने भिडभाड नियन्त्रणकाे लागि केही स्वयं सेवकमार्फत सहयाेग गरिदिन उनकाे आग्रह थियाे ।

१९ गते देखी बजार खुले पछि हुन सक्ने भिड नियन्त्र गर्न सकिएन भने फेरी पनि संक्रमण सर्ने जाेखिम बढने उनकाे भनाई थियाे ।

छलफलमा प्रहरी प्रमुख पन्तकाे आग्रहमा सहमती जनाउदै क्याटका संयाेजकसमेत रहेका जिल्ला समन्वय समिति पर्साका प्रमुख नेक महमद अन्सारीले आफुहरु सहयाेग गर्न तयार रहेकाे वताए । उनले भदाै १९ गतेदेखी खुल्ने बजारमा भिडभाड हुन नदिन प्रहरीलाई सहयाेग गर्न क्याटले सुरुमा १५ जना स्वयं सेवक खटाउने वताए ।

ति स्वयम् सेवकलाई प्रहरीले प्रशिक्षण दिएपछि वीरगंज माइस्थानकाे तरकारी बजारमा हुन सक्ने भिडभाड नियन्त्रणकाे लागि खटाइने छ ।

छलफल बैठकमा यसका साथै काेराेना संक्रमितकाे कन्टेक्ट ट्रेसिङ्ग बारे पनि कुरा उठेकाे थियाे । त्यसकाे लागि सम्बन्धित स्थानिय तहलाई सकृय बनाउने छलफल भएकाे थियाे ।

क्याटसंगकाे छलफलकाे क्रममा पर्सा प्रहरी प्रमुख पन्तले निषेधाज्ञामा समस्यामा परेकाहरुले जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गरे राहत उपलबध गराउने व्यवस्थासमेत मिलाइएकाे जानकारी गराएकी थिइन ।   

छलफल बैठकमा सशस्त्र प्रहरीका प्रहरी उपरिक्षक राजेन्द्र खड्का, राष्ट्रिय अनुसन्धानका विभाग जिल्ला कार्यालय पर्साका प्रमुख कुमार खड्का, नेपाली सेनाका क्याप्टन विकल्प थापा, क्याटका सदस्य श्याम पटेल, तबरेज अहमद, संजिव मिश्रा, शम्भु कुमार सुमन, शैली चाैधरी लगायतकाे उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...