Date
सोम, जेष्ठ ११, २०८३
Mon, May 25, 2026

क्याटसंग पर्सा प्रहरी प्रमुख पन्तकाे छलफल

spot_img
spot_img

वीरगंज । काेभिड एक्सन टिम (क्याट) संग पर्सा प्रहरी प्रमुख गंगा पन्तले मंगलबार छलफल गरेकी छन् । जिल्ला प्रहरी कार्यालय पर्सामा भएकाे छलफलमा प्रहरी प्रमुख पन्तले भदाै १९ गतेदेखी बजारमा हुन सक्ने भिड नियन्त्रणकाे लागि सहयाेग गर्न आग्रह गरिन ।

उनले वीरगंजमा सबै भन्दा ठूलाे समस्या पार्किङ्गकाे रहेकाे वताउदै त्यसकाे लागि क्याटले सहयाग गरिदिनु पर्ने वताइन । पार्कीङ्ग गर्ने ठाउँ लागयत बजारमा हुन सक्ने भिडभाड नियन्त्रणकाे लागि केही स्वयं सेवकमार्फत सहयाेग गरिदिन उनकाे आग्रह थियाे ।

१९ गते देखी बजार खुले पछि हुन सक्ने भिड नियन्त्र गर्न सकिएन भने फेरी पनि संक्रमण सर्ने जाेखिम बढने उनकाे भनाई थियाे ।

छलफलमा प्रहरी प्रमुख पन्तकाे आग्रहमा सहमती जनाउदै क्याटका संयाेजकसमेत रहेका जिल्ला समन्वय समिति पर्साका प्रमुख नेक महमद अन्सारीले आफुहरु सहयाेग गर्न तयार रहेकाे वताए । उनले भदाै १९ गतेदेखी खुल्ने बजारमा भिडभाड हुन नदिन प्रहरीलाई सहयाेग गर्न क्याटले सुरुमा १५ जना स्वयं सेवक खटाउने वताए ।

ति स्वयम् सेवकलाई प्रहरीले प्रशिक्षण दिएपछि वीरगंज माइस्थानकाे तरकारी बजारमा हुन सक्ने भिडभाड नियन्त्रणकाे लागि खटाइने छ ।

छलफल बैठकमा यसका साथै काेराेना संक्रमितकाे कन्टेक्ट ट्रेसिङ्ग बारे पनि कुरा उठेकाे थियाे । त्यसकाे लागि सम्बन्धित स्थानिय तहलाई सकृय बनाउने छलफल भएकाे थियाे ।

क्याटसंगकाे छलफलकाे क्रममा पर्सा प्रहरी प्रमुख पन्तले निषेधाज्ञामा समस्यामा परेकाहरुले जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गरे राहत उपलबध गराउने व्यवस्थासमेत मिलाइएकाे जानकारी गराएकी थिइन ।   

छलफल बैठकमा सशस्त्र प्रहरीका प्रहरी उपरिक्षक राजेन्द्र खड्का, राष्ट्रिय अनुसन्धानका विभाग जिल्ला कार्यालय पर्साका प्रमुख कुमार खड्का, नेपाली सेनाका क्याप्टन विकल्प थापा, क्याटका सदस्य श्याम पटेल, तबरेज अहमद, संजिव मिश्रा, शम्भु कुमार सुमन, शैली चाैधरी लगायतकाे उपस्थिती रहेकाे थियाे ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भेरी अस्पतालमा औषधि अभावदेखि अनियमिततासम्मका आरोप, निष्पक्ष छानबिनको माग

नेपालगंज । पश्चिम नेपालको प्रमुख सरकारी स्वास्थ्य संस्था भेरी अस्पताल यतिबेला औषधि अभाव, आर्थिक अनियमितता, स्टोर आगलागी तथा प्रशासनिक सेटिङका आरोपका कारण विवादमा तानिएको...

लिटिल बडी प्रि–स्कुलमा निःशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न

वीरगंज । वीरगंज महानगरपालिका–८ पानीटंकीस्थित लिटिल बडी प्रि–स्कुलमा आइतबार निःशुल्क दन्त स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ । स्माइल डेन्टल केयर एण्ड पोलिक्लिनिकको सहकार्यमा...

मधेश प्रदेशमा कार्यसम्पादनमा उत्कृष्ट बन्दै जिप्रका पर्सा सम्मानित

वीरगंज । आर्थिक वर्ष २०८२/०८३ को वार्षिक कार्यसम्पादन मूल्यांकनमा मधेश प्रदेशका जिल्ला प्रहरी कार्यालयहरूमध्ये जिल्ला प्रहरी कार्यालय पर्सा उत्कृष्ट घोषित भएको छ । उत्कृष्ट कार्यसम्पादन...