8 April 2025
KALIKATIMES.COM

क्याटलाई युएसएबाट एक नेपालीकाे सहयाेग

वीरगंज । काेभिड एक्सन टिम (क्याट) पर्सालाई युएसए अमेरिकाबाट एक नेपालीले आर्थिक सहयाेग गरेका छन् ।

वीरगंज महानगरपालिकाकाे वडा नं. २७ काेहडी स्थायी घर भएका हाल अमेरिकामा बस्दै आएका सचिन यादवले क्याटलाई अमेरिकी डलर एक सय ३४ रुपया ८३ पैसा अर्थात नेरु १५ हजार सहयाेग गरेका हुन् ।

अमेरिकाकाे एक बैंकमा काम गर्दै आएका यादवले क्याटकाे कामबाट प्रभावित भएर आफुले क्याटलाई सहयाेग गरेकाे वताए । उनले काेराेना महामारीमा क्याटले गरेकाे कार्य आफुले समाजिक संजाल फेसबुक र अनलाइन मिडियाबाट थाह पाएर सहयाेग गरेकाे वताए ।

वीरगंजकाे हाेलि ल्याण्ड बाेर्डिङ्ग स्कुलका पूर्व विद्यार्थीसमेत रहेका उनले क्याटका सदस्य तबरेज अहमदसंग सम्पर्क गरि उनकै खातामा साे सहयाेग रकम पठाएका छन् ।

यस्तै पर्साकाे सखुवा प्रसाैनी गाउँपालिका वडा नं. ५ महुवन निवासी जटाशंकर प्रसाद रौनियारले पनि क्याटद्वारा संचालित नि:शुल्क खाना अभियानमा सहयाेग गरेका छन् ।

राैनियारले ३ किलो जिरा/धनिया, ३ किलो हल्दी, ३ किलो मर्चा सहयोग गरेकाे क्याटका सदस्य अहमदले जानकारी दिए । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स

वीरगंजमा टी२० महिला तथा पुरुष क्रिकेट प्रतियोगिता सुरु

कालिका टाईम्स

नगर प्रमुख पाठककाे अभिव्यक्ति प्रति कांग्रेसकाे आपत्ति, विवादित शिक्षक नियुक्ति रद्द गरि पुन: गर्न माग

कालिका टाईम्स
SQL requests:219. Generation time:4.034 sec. Memory consumption:82.76 mb