24 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

कालिकामाईका ५ सहित पर्सामा थप १९ जनामा कोरोना सङ्क्रमण पुष्टि

वीरगञ्ज । नारायणी अस्पतालको प्रयोशालामा ४ सय १० जनाको स्वाबकाे नमुना परिक्षण गर्दा १८ जनामा काेराेना सङ्क्रमण पुष्टि भएको छ ।

प्रयाेगशालाले सोमबार अबेर राती गरेको पिसिआर परिक्षणमा १८ र जिन एक्स्पर्ट परिक्षणमा २ जनागरी थप २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । तिन जना महिलासहित थपिएका सङ्क्रमित मध्ये १७ जना पर्सा, १ जना बारा र जिन एक्स्पर्ट प्रविधिबाट परिक्षण गरिएका २ जनाको ठेगाना नखुलेको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेशकुमार चौरसियाले जानकारी दिए ।

उनले थपिएका सङ्क्रमितहरु २३ वर्षदेखि ६८ वर्ष उमेर समुहका रहेको बताए । जिन एक्स्पर्टबाट परिक्षण गरिएकाहरुको नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचार चलिरहेको छ ।

पर्साको वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ८ र १२ का दुई/दुई जना र वडा नम्बर ११, १४,१६ र २५ का एक/एक जनागरी ८ जना, बिन्दबासिनी गाउँपालिकाको वडा नम्बर २ का एक जना, कालिकामाई गाउँपालिका वडा नम्बर ५ का पाँच जना संक्रमित थपिएका छन् । थप दुई जना पर्साका भएपनि निश्चित ठाउँ नखुलेको डा. चौरसियाले जानकारी दिए ।

त्यसैगरी बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ७ का एक २५ वर्षीय पुरुषमा पनि सङ्क्रमण पुष्टि भएको उनले बताए ।

थपिएका सङ्क्रमितहरु मध्ये ११ जनाको सिटि भ्यालु २४ भन्दा कम रहेको छ भने ७ जनाको २४ भन्दामाथि रहेको डा. चौरसियाले जनाए ।

याेसंगै पर्सामा काेराेना संक्रमितकाे संख्या जिल्ला प्रशासन कार्यालयकाे तथ्यांक अनुसार २ हजार २ सय ११ पुगेकाे छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:216. Generation time:4.280 sec. Memory consumption:81.47 mb