24 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

पर्सामा थप एक काेराेना संक्रमितकाे मृत्यु

वीरगंज । पर्सामा थप एक काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । वीरगंज महानगरपालिकाकाे वडा नं. २४, बहुअरीका ८० वर्षिय पुरूषकाे मृत्यु भएकाे नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चाैरसियाले जानकारी दिए ।

भदाै १३ गते स्वाब संकलन गरेर नारायणी अस्पतालकाे प्रयाेगशालामा परिक्षण गर्दा साेही दिन काेराेना पुष्टि भएका ती पुरूषकाे बीरगन्ज हेल्थकेयर अस्पतालमा भर्ना गरिएकाे थियाे ।

दिर्घराेगीसमेत रहेका उनकाे उपचारकाे क्रम साेमबार दिउसाे ३:२० मा मृत्यु भएकाे प्रवक्ता चाैरसियाले वताए ।

कुनै ट्राभल हिस्ट्री नभएकाे ती पुरूषलाई लिभर सम्बन्धी पनि समस्या थियाे । उनकाे आइसियुमा राखेर उपचार भइरहेकाे थियाे ।

याेसंगै पर्सामा काेराेना संक्रमणका कारण मृत्यु हुनेकाे संख्या जिल्ला प्रशासन कार्यालयकाे तथ्यांक अनुसार ३७ पुगेकाे छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:216. Generation time:4.201 sec. Memory consumption:81.46 mb