Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

कालिकामाईकाे ९ सहित पर्सामा थप ३२ जनामा काेराेना संक्रमण पुष्टि

spot_img
spot_img

वीरगंज । पर्सामा थप ३२ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ । नारायणी अस्पतालकाे प्रयाेगशालामा आइतबार राति गरिएकाे परिक्षणमा पर्साका थप ३२ जनामा काेराेना संक्रमण फेला परेकाे अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चाैरसियाले जानकारी दिए ।

संक्रमित हुनेमा पर्साकाे कालिकामाई गाउँपालिकाकाे ९ जना र वीरगंज महानगरपालिकाकाे २३ जना रहेकाे प्रवक्ता डा. चाैरसिया वताए । 

उनका अनुसार कालिकामाई गाउँपालिकाकाे वडा नं. १ मुडलीका ४ जना, वडा नं. ३ हरिहरपुरका एक जना र वडा नं. ४ प्रशुरामपुरका ४ जना संक्रमण देखिएकाे छ । कालिकामाई एक सय २२ जनाकाे स्वाबकाे नमुना परिक्षण गर्दा एक महिलासहित ९ जनामा संक्रमण देखिएकाे हाे । 

कालिकामाईकाे संक्रमितकाे सिटी भ्यालु १८ देखी २९ सम्म रहेकाे नारायणी अस्पतालका प्रवक्ता डा. चाैरसियाले जानकारी गराए ।

यस्तै संक्रमित हुनेमा जिराभवानी गाउँपालिकाकाे वडा नं. २ का २ जना, वीरगंज महानगरपालिकाकाे वडा न‌ं. २, २० का २-२ जना, वडा नं. ५, ६, १३, १५ का १-१ जना र सबै भन्दा बढी वडा नं. ११ का १२ जना रहेका छन् ।

नारायणी अस्पताल कै प्रयाेगशालामा गरिएकाे परिक्षणमा बाराका ४ र सर्लाहीका एक जनामा पनि संक्रमण फेला परेकाे प्रवक्ता डा. चाैरसियाले जानकारी दिए ।

आइतबार राती पर्सा, बारा र सर्लाहीका ४३६ जनाकाे स्वाबकाे नमुना परिक्षण गर्दा कुल ३८ जनामा संक्रमण फेला परेकाे चाैरसियाले जानकारी गराए । संक्रमित हुनेमा ८ महिला र ३० पुरुष रहेका छन् । संक्रमितहरु ६ बर्षदेखी ७० बर्षसम्मका रहेका चाैरसियाले वताए । संक्रमितहरुकाे सिटी भ्यालु १७ देखी ३२ सम्म रहेकाे प्रवक्त चाैरसिया जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

अठराहा सुगौली जलमग्न, पानी निकासको माग गर्दै आईसीपी गेटमा चक्काजाम

वीरगञ्ज । लगातारको वर्षाका कारण वीरगञ्ज महानगरपालिका–२६ स्थित अठराहा सुगौली क्षेत्र जलमग्न भएको छ। पानी निकासको उचित व्यवस्था नहुँदा बस्ती तथा सडकमा पानी जम्नुका...

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...