24 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

कालिकामाईकाे ९ सहित पर्सामा थप ३२ जनामा काेराेना संक्रमण पुष्टि

वीरगंज । पर्सामा थप ३२ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ । नारायणी अस्पतालकाे प्रयाेगशालामा आइतबार राति गरिएकाे परिक्षणमा पर्साका थप ३२ जनामा काेराेना संक्रमण फेला परेकाे अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चाैरसियाले जानकारी दिए ।

संक्रमित हुनेमा पर्साकाे कालिकामाई गाउँपालिकाकाे ९ जना र वीरगंज महानगरपालिकाकाे २३ जना रहेकाे प्रवक्ता डा. चाैरसिया वताए । 

उनका अनुसार कालिकामाई गाउँपालिकाकाे वडा नं. १ मुडलीका ४ जना, वडा नं. ३ हरिहरपुरका एक जना र वडा नं. ४ प्रशुरामपुरका ४ जना संक्रमण देखिएकाे छ । कालिकामाई एक सय २२ जनाकाे स्वाबकाे नमुना परिक्षण गर्दा एक महिलासहित ९ जनामा संक्रमण देखिएकाे हाे । 

कालिकामाईकाे संक्रमितकाे सिटी भ्यालु १८ देखी २९ सम्म रहेकाे नारायणी अस्पतालका प्रवक्ता डा. चाैरसियाले जानकारी गराए ।

यस्तै संक्रमित हुनेमा जिराभवानी गाउँपालिकाकाे वडा नं. २ का २ जना, वीरगंज महानगरपालिकाकाे वडा न‌ं. २, २० का २-२ जना, वडा नं. ५, ६, १३, १५ का १-१ जना र सबै भन्दा बढी वडा नं. ११ का १२ जना रहेका छन् ।

नारायणी अस्पताल कै प्रयाेगशालामा गरिएकाे परिक्षणमा बाराका ४ र सर्लाहीका एक जनामा पनि संक्रमण फेला परेकाे प्रवक्ता डा. चाैरसियाले जानकारी दिए ।

आइतबार राती पर्सा, बारा र सर्लाहीका ४३६ जनाकाे स्वाबकाे नमुना परिक्षण गर्दा कुल ३८ जनामा संक्रमण फेला परेकाे चाैरसियाले जानकारी गराए । संक्रमित हुनेमा ८ महिला र ३० पुरुष रहेका छन् । संक्रमितहरु ६ बर्षदेखी ७० बर्षसम्मका रहेका चाैरसियाले वताए । संक्रमितहरुकाे सिटी भ्यालु १७ देखी ३२ सम्म रहेकाे प्रवक्त चाैरसिया जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:216. Generation time:3.369 sec. Memory consumption:81.41 mb