Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

राष्ट्रिय एकता अभियानद्वारा सरकार बिरुद्ध प्रदर्शन

spot_img
spot_img

वीरगंज । कोरोना भाइरसको महामारीका कारण परिवार पाल्न धौ धौ हुने गरीब जनताको पक्षमा राष्ट्रिय एकता अभियानले काठमाडौं, महाेत्तरी, धनुषा र सप्तरीमा सरकारविरुद्द प्रदर्शन गरेको छ ।

मिथिलाबिहारी नगरपालिकामा गरीब, मजदूरहरुको लागि राहतको कुनै ब्यवस्था नगरेकोले सरकरको बिरोधमा अभियानले प्रदर्शन गरेकाे हाे। गरीब मजदूरहरुको लागी अबिलम्ब सरकारले राहतको ब्यवस्था गर्नको लागि गरिएको प्रदर्शनको नेतृत्व मिथिलाबिहारी नगरपालिकाका संयोजक ओमप्रकाश मण्डलले गरेका थिए ।

१२ किलो चामलमा 6 महिना कसरी धान्ने ? पार्टीको झगडा पछि सरकार, हाललाई मजदूर र किसानलाई राहत सरकार । सन्क्रमित भेटाउने खर्च १ लाख ४ हजार, जनता के बेकुफ हो सरकार ? जनता कहिलेसम्म लाचार, सबैलाई नि:शुल्क पिसिआर, कुर्सी हैन, जनता जोगाउ, राष्ट्रीय एकता अभियान, जिन्दावादको नाराका साथ प्लेकार्ड लिएर प्रदर्शन गरिएको हाे ।

प्रदर्शनमा स्थानीय अभिनता ओमप्रकाश साह, रुपेश यादव, राकेश मंडल, गणेश साह, संतोष साह, अशोक साह, प्रदीप साह, नितीश यादव, सरोज यादव, सत्य देव साह, दीपेन्द्र साह, शिव साह लगायतको सहभागिता रहेको थियो ।

त्यस्तै महोतरी स्थित लोहरपट्टी गाउँपालिकामा स्थानीय संयोजक दीपेश साहको अगुवाईमा अभियानकाे प्रदर्शन भएको छ । त्यस्तै अभियानका उपाध्यक्ष सुनिता शाहको नेतृत्वमा सप्तरीमा विरोध कार्यक्रम भएको हो भने काठमाडौँमा अभियनाका अध्यक्ष विनय यादवको नेतृत्वमा भएको हो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...