Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

पाेखरियाका वडाध्यक्ष, डाक्टरसहित १२ जना काेराेना निकाे भएर डिस्चार्ज

spot_img
spot_img

वीरगंज । पर्साकाे पाेखरिया नगरपालिकाका ४ वडाध्यक्षसहित १२ जना काेराेना निकाे भएर आइतबार डिस्चार्ज भएका छन् । 

काेराेना संक्रमित भएपछि पाेखरिया अस्पतालकाे आइसाेलेसनमा उपचाररत रहेका ४ वडाध्यक्षसहित १२ जना डिस्चार्ज भएकाे पाेखरिया नगरपालिकाकी उप मेयर सलमा खातुनले वताइन ।

काेराेना निकाे हुनेमा पाेखरिया नगरपालिकाकाे वडा नं. १ का वडाध्यक्ष बंका राउत कुर्मी, वडा नं. ७ का वडाध्यक्ष नन्दलाल राउत कुर्मी, वडा नं. ९ का वडाध्यक्ष रामबाबु प्रसाद चाैहान, वडा नं. १० का वडाध्यक्ष साेनालाल साह गाेढ रहेका छन् ।

यस्तै काेराेना निकाे हुनेमा पाेखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अनिल यादवसहित ४ डाक्टर र एक जना नर्ससमेत रहेका छन् । 

अस्पतालबाट डिस्चार्ज हुने सबैजनालाई उप मेयर खातुनले डिस्चार्ज सिलिप र फुल दिएर बिदाई गरेकी छिन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

वीरगंजमा मेडिकल एसोसिएसन र औषधि प्रतिनिधिद्वारा चाडपर्वको शुभकामना आदानप्रदान

वीरगंज । नेपाल मेडिकल एसोसिएसन नारायणी र नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन वीरगंज एकाइको संयुक्त आयोजनामा दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना...

एसएसपी नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट सम्मानित

वीरगंज । ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल प्रहरी...

पटेर्वा सुगौलीमा दुर्व्यसनविरुद्ध युवाको अभियान, ३०० भन्दा बढीलाई सचेतना

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा युवामाझ बढ्दो मदिरा तथा लागुऔषध दुर्व्यसन न्यूनीकरण गर्ने उद्देश्यले युवाको नेतृत्वमा सचेतनामूलक अभियान सञ्चालन गरिएको छ । दिव्य विकास...