22.5 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

अलाैंबाट भारु ९० हजारसहित भारतिय नागरिक पक्राउ

वीरगंज । नेपाल–भारत सिमा क्षेत्र वीरगंजकाे अलाैंबाट अबैधरुपमा हुण्डी कोबार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

सिमा प्रहरी चौकी सिर्सियाका प्रहरी नायब निरीक्षक गजेन्द्र साहको नेतृत्वमा रहेको प्रहरी टोली र सशस्त्र प्रहरी विओपी अलौँका सशत्र प्रहरी निरिक्षक इशवर अधिकारी नेतृत्वकाे टोलीले संयुक्त रुपमा गरेको नियमित चेकजाँचको क्रममा विहान ८ बजेको समयमा बिरगंज महानगरपालिका वडा नं. १७ अलौँ बाट भारत बिहार बेतिया बस्ने बर्ष ३५ को उमेश साहलाई नगद भारतिय रुपैया ९० हजार सहित पक्राउ गरेकाे हाे ।

ना ५६ प ६८७८ नम्वरको एफ जेड मोटरसाइकल सवार साहलाई माेटर साइकलसहित प्रकाउ गरिएकाे सशस्त्र प्रहरी निरिक्षक अधिकारीले वताए । पक्राउ परेका साहलाई आवश्यक करवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाईएको सिमा प्रहरी निरिक्षक अधिकारीले जानकारी गराए । 

पक्राउ परेका साह नेपालमै काम गर्दै आएको र लामो समय देखि घर जान नपाएको कारण कमाएको सबै पैसा बोकेर घर जान लागेको प्रहरीलाई ब्यान दिएका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरले पैसा निजकै हो कि होइन भन्ने बिषयमा अनुन्धासान भइरहेको बताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:5.556 sec. Memory consumption:81.46 mb