24 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

बेवारिसे अवस्थामा रहेका बिरामीलाई क्याटले हस्पिटल पुर्‍यायाे

सडक पेटिमा बेरवारिसे अवस्थामा रहेका व्यक्तिलाई क्याटले हस्पिटल लग्नकाे लागि रिक्सा राख्दै । तस्बिर ; कालिका टाइम्स

वीरगंज । वीरगंजकाे महाबिरस्थानमा अचेत भई बेवारिसे अवस्थामा रहेका एक पुरुषालाई काेभिड एक्सन टिम (क्याट) पर्साले हस्पिटल पुर्याएकाे छ ।

क्याटलाई फाेनमार्फत जानकारी प्राप्त भएपछि महाविरस्थानमा पुगी ति व्यक्तिलाई उद्दार गर्दै नारायणी अस्पताल पुर्याएकाे हाे । २ दिनदेखी सडक पटेलीमा अलपत्र रहेका पुरुषलाई क्याटका सदस्य तबरेज अहमद, संजिव मिश्रासहितकाे टाेली रिक्सामा राखेर अस्पताल पुर्याएकाे छ ।

हामिलाई फाेन मार्फत जानकारी प्राप्त भएपछि महाविस्थानमा पुगी ति व्यक्तिलाई रिक्सामा राखेर नारायणी अस्पतालमा पुर्याएर उपचारकाे प्रबन्ध मिलाएकाे क्याटका सदस्य मिश्राले जानकारी दिए ।

ति व्यक्तिकाे उपचारकाे लागि रु ३ हजारकाे औषधी र एक हजारकाे पुलिंदासमेत खरिद गरि हस्पिटलमा रहेकाे प्रहरीकाे जिम्मा लगाइएकाे क्याटका अर्का सदस्य अमहमदले वताए । प्रहरीकाे सहयाेगमा ति व्यक्तिकाे उद्दार गरिएकाे सदस्य अहमदले जनाए । 

दुई दिन देखी अलपत्र रहेका ति व्यक्तिकाे अवस्था बारे मानव सेवा आश्रम र समाजिक अभिन्ताहरुलाई पनि जानकारी गराउदा काेई नआएकाे स्थानियहरुले वताएका छन् ।

ति व्यक्तिकाे अवस्था बारे शनिबार दिउसाे क्याटलाई जानकारी प्राप्त भएपछि पनि क्याटका सदस्यहरुले मानव सेवा आश्रम र समाजिक अभिन्ताहरुलाई फाेन मार्फत जानकारी गराएकाे थिए । तर सबैले विभिन्न वहाना पन्छन खाेजेकाे र पछि मात्र मानव सेवा आश्रमका दिवेश महाविरस्थान पुगेका क्याटका सदस्य अहमदले वताए ।   

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:216. Generation time:4.108 sec. Memory consumption:81.48 mb