24 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

वीरगन्जमा युवाहरुद्वारा नि:शुल्क खाना वितरण

वीरगंज । स्वतन्त्र समाज नेपालमा आवद्ध युवाहरुले बीरगंजमा नि:शुल्क खाना वितरण गरिरहेका छन् । काेराेना भाइरस संक्रमण राेकथाम तथा नियन्त्रणकाे लागि जिल्ला प्रशासन कार्यालय पर्साद्वारा जारी निषेधाज्ञाका कारण वीरगंजमा प्रभावितहरुलाई समाजले बिहिबारदेखि खाना वितरण गर्दै आएकाे हाे ।
 
लामाे समयदेखीकाे निषेधाज्ञाका कारण गरिब र दैनिक ज्यालादारी गरी आफ्नो जिविको पार्जन गर्नेहरु समस्यामा परेका छन् । स्थानीय प्रशासनले निषेधाज्ञा लगाएपनि उनीहरुको व्यवस्थापनका लागि कुनै कदम नचालेको देखिएको पछि आफुहरु अगाडी सरेकाे समाजका अध्यक्ष कन्हैया झालेे वताए ।
 
हुनेले दिएर जाऔं नहुने लिएर जाऔं मुल नाराका साथ स्वतन्त्र समाजका टिमहरूले विगत दुई दिनमा पाँच सय भन्दा पनि बढी परिवारलाई सहयोग गर्न सफल भएको अध्यक्ष झाले जानकारी दिए ।
 
समाजले बिहान र बेलुका गरी दैनिक २ समय ३ सय परिवारसम्मका लागि आफुहरुले खाद्यान्न उपलब्ध गराउँदै आएको दिपेन्द्र साहले बताए । खाद्यान्न वितरण गर्ने कार्यमा रवि वर्णवाल, दिपेन्द्र साह, रंजित झा, अर्जुन सरार्फ लगायतकाले सहयोग गरिरहेका छन् ।
प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:209. Generation time:3.689 sec. Memory consumption:81.25 mb