24 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

पर्सामा काेराेना संक्रमणबाट थप ३ जनाकाे मृत्यु

वीरगञ्ज । पर्सामा कोरोना भाइरस (काेभिड १९) संक्रमणबाट पर्सामा थप ३ जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा १ महिला र २ पुरुष रहेका छन् ।

वीरगन्ज महानगरपालिका–१२ मुर्ली निवासी ६५ वर्षीया महिला, वीरगन्ज–१२ निवासी ४३ वर्षीय पुरुष र वीरगन्ज–२२ मनियारीका ३७ वर्षीय पुरुषकाे मृत्यु भएकाे नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाले जानकारी दिए ।

प्रवक्ता डा. चौरसियाका अनुसार शुक्रबार साँझ साढे ५ बजेको समयमा वीगन्ज–१२ मुर्ली निवासी ६५ वर्षीया महिलाको नारायणी अस्पतालमा मृत्यु भएको हो । उच्च रक्तचापको समस्याबाट पीडित ती महिलामा वाइड जिन एक्स्पर्ट विधिबाट परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । 

त्यस्तै वीरगन्ज–१२ का ४३ वर्षीय कोरोना संक्रमितको शुक्रबार राति ११ बजेर ५५ मिनेटमा उपचारको क्रममा वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा मृत्यु भएको डा.चौरसियाले बताए । ती पुरुष शुक्रबार साँझ नेसनल मेडिकल कलेजबाट रिफर भएर कोरोना अस्पताल आएका थिए ।

त्यस्तै वीरगंज मनियारीका ४० वर्षीय पुरुषलाई शुक्रबार राति ११ बजेर ४१ मिनेटमा थप उपचारका लागि वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालबाट काठमाडौं रिफर गरिएको थियो । सिकिस्त बिरामी रहेका उनको काठमाडौं लैजाँदै गर्दा शनिबार बिहान मुग्लिङनजिकै मृत्यु भएको डा.चौरसियाले जानकारी दिए ।

योसँगै पर्सामा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ३६ पुगेको छ भने संक्रमितकाे संख्या २ हजार ९५ पुगेकाे छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:216. Generation time:4.114 sec. Memory consumption:81.47 mb