24 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

पाेखरियाका १०, कालिकामाईका ३ सहित पर्सामा थप ३१ जनामा काेराेना

वीरगंज । नारायणी अस्पतालकाे प्रयोशालमा गरिएकाे परीक्षणमा ५ महिलासहित थप ५० जनामा कोरोना भाइरस (काेभिड १९) सङ्क्रमण पुष्टि भएको छ । थपिएका संक्रमितहरु १५ बर्ष देखी ५६ बर्ष सम्मका रहेका छन् ।

नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाका अनुसार शुक्रबार राति ४ सय ४३ जनाको स्वाबको नमुना परीक्षण गर्दा ५ महिलासहित थप ५० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा पर्साका ३१ जना, बाराका ८ जना, धनुषाका ४ जना, महाेतरीका ३ जना, राैतहटका एक जना, सर्लाहीका २ जना र काठमाण्डाैका एक जना रहेका छन् ।

पर्सामा थपिएका संक्रमित मध्ये पोखरिया नगरपालिकाकाे वडा नं. ३ का ६ जना, वडा नं. ४ का ४ जना, कालिकामाई गाउँपालिकाकाे वडा नं. २ भेडिहारीका एक जना र वडा नं. ३ हरिहरपुरका २ जना रहेका छन् ।

बाकी संक्रमित वीरगञ्ज महानगरपालिकाकाे २, ३,  ६, १०, २१ लगायतकाे वडाकाे रहेका छन् ।

थपिएका सङ्क्रमितहरुको सिटी भ्यालु १५ देखि ३२ सम्म रहेको अस्पतालका प्रवक्ता डा. चौरसियाले जानकारी दिएका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:216. Generation time:3.955 sec. Memory consumption:81.48 mb