22.5 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

काठ लाेड गरिएकाे दुईवटा ट्रेक्टर बरामद

वीरगंज । सशस्त्र प्रहरीले पर्साको जगरनाथपुर गाउँपालिका वडा नं. २ लक्ष्मीपुरबाट काठ लोड गरेकाे दुई वटा ट्रेक्टर बरामद गरेकाे छ ।

सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट भिखमपुरले जंगलबाट अबैध रुपमा काठ फडानी गरी ल्याइरहेकाे ना ५ त ३९५४ र ना ७ त २०२७ नं को दुई वटा ट्रयाक्टर बरामद गरी नियन्त्रमा लिएकाे हाे ।

अन्दाजी मुल्य १३ लाॅख बराबरकाे काठ बरामद गरिएकाे बिओपि भिखमपुरका सशस्त्र प्रहरी निरीक्षक किसमान तामाङले जानकारी दिए । बरामद गरिएकाे दुइटा ट्रयाक्टरमा ४० वटा गोलीया करिब.१५० क्यु फिट सिमल र कपोकको काठ रहेकाे प्रहरी निरिक्षक तामाङले वताए ।

बरामद गरिएको काठ र ट्रेक्टर आवश्यक कारवाहीको लागी सेक्टर बन कार्यालय बसन्तपुर सेढवा पठाइएकाे विओपी भिखमपुरले जनाएकाे छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:5.575 sec. Memory consumption:81.46 mb