29 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

पर्सामा थप ४२ जनामा काेराेना संक्रमण पुष्टि

वीरगंज । पर्सामा थप ४२ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ । नारायणी अस्पताल वीरगंजकाे प्रयाेगशालामा बिहिबार राति गरिएकाे परिक्षणमा पर्साका थप ४२ जनामा संक्रमण फेला परेकाे हाे ।

३ सय ८ जनाकाे स्वाबकाे नमुना परिक्षण गर्दा १७ महिला र ४० पुरुष गरी ५७ जनामा संक्रमण फेला परेकाे नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चाैरसियाले जानकारी दिए । संक्रमित हुनेमा पर्साका ४२ जना, बाराका १२ जना, राैतहटका २ जना र सर्लाहीका एक जना रहेकाे उनले जानकारी गराए ।

प्रवक्ता डा. चाैरसियाका अनुसार पर्साकाे कालिकामाई गाउँपालिकाकाे वडा नं. २ भेडिहारीका २ जना र पर्सागढी नगरपालिकाकाे वडा नं. ८ हरपुरमा एक जना संक्रमित भएका छन् ।

कालिकामाईकाे ५० जनामा २ जनाकाे रिपाेर्ट पाेजिटिभ देखिएकाे छ । बुधबार कालिकामाईकाे भेडिहारीमा ५० जनाकाे स्वाब संकलन गरेर परिक्षणकाे लागि नारायणी अस्पतालकाे प्रयाेगशालामा पठाइएकाे थियाे । प्रयाेगशालाले बिहिबार राती गरेकाे परिक्षणमा २ जनाकाे मात्र काेराेना पाेजिटिभ देखिएकाे अस्पतालका प्रवक्ता डा. चाैरसियाले जानकारी दिए ।

यस्तै वीरगंज महानगरपालिकाकाे वडा नं. ११, १२, १३, २१, २७ लगायतका विभिन्न वडामा संक्रमितहरु फेला परेकाे डा. चाैरसियाले जानकारी गराए ।  

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:216. Generation time:4.001 sec. Memory consumption:81.47 mb