Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

पाेखरिया अस्पतालबाट काेराेना निकाे भएर १० जना डिस्चार्ज

spot_img
spot_img

वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकास्थित पोखरीया अस्पतालको आइसुलेसन सेण्टरमा बिहिबार १० जना कोरोना निको भएर घर फर्किएका छन् ।

काेराेना निकाे भएकाहरुलाई पोखरीया नगरपालिकाकी उपमेयर सलमा खातुनले अस्पतालबाट बिदाई गरेकी छन् । डिस्चार्ज हुनेहरुलाई नगरपालिकाका उपमेयर खातुनले फुल तथा डिस्चार्ज सिलिप प्रदान गरी बिदाई गरेकी थिइन ।

कोरोना निकाे भएर २ जना स्वास्थ्यकर्मी, एक जना नर्स, १ जना रेडियाेकर्मी, २ जना बैंक स्टाफसहित १० जना घर फर्केकाे अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अनिल यादवले वताए ।

अस्पतालकाे आइसाेलेसनमा रहेका १० जनाकाे दाेस्राे पटक पिसिआर परिक्षण गर्दा सबै जनाकाे रिपाेर्ट नगेटिभ आएपछि डिस्चार्ज गरिएकाे उनले जानकारी गराए ।

भदाै ९ गते संक्रमितहरुकाे साथै कन्टेक्ट ट्रेसिङमा परेका २ जनाकाे पनि स्वाब संकलन गरेर पिसिआर परिक्षणकाे लागि पठाउदा उनीहरुकाे रिपाेर्ट पनि नगेटिभ आएकाे डा. यादवले जनाए ।

पाेखरिया अस्पतालकाे आइसाेलेसमा अझै पनि १६ जना र अस्पतालकाे क्वाटरमा ८ जना संक्रमित रहेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...