29 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

कालिकामाईमा ५, सखुवा प्रसाैनीमा ७ सहित थप ३३ जनामा काेराेना पुुष्टि

वीरगन्ज । पर्सामा थप २४ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ । नारायणी अस्पतालको प्रयोगशालामा बुधबार राति गरिएकाे परीक्षणमा पर्साका २४ सहित थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।

५ सय १० जनाको स्वाब परीक्षण गर्दा ४ महिलासहित ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए ।

संक्रमित हुनेमा पर्साका २४ जना, बाराका ६ जना र रौतहटका ३ जना रहेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरमा पनि कोरोना पोजिटिभ देखिएको छ । नारायणी अस्पतालको क्वाटरमा बस्ने थप दुई जनामा कोरोना पुष्टि भएको छ ।

पर्साको सखुवाप्रसौनी गाउँपालिकामा ७ जना र कालिकामाई गाउँपालिका– ५ विरन्चीवार्वामा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कालिकामाईमा ४८ जनाकाे स्वाब संकलन गरेर परिक्षण गर्दा ५ जनाकाे रिपाेर्ट काेराेना पाेजिटिभ आएकाे हाे ।

बाराको महानगढीमाई नगरपालिकामा ४ जना र कबहीमा एक जना संक्रमित थपिएका छन् । रौतहटको गौर कारागारमा ३ जनामा कोरोना देखिएको छ । सशस्त्र प्रहरी गुल्म नम्बर १५ मा २ जना र जीतपुर आर्मी ब्यारेकमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरि वीरगन्जको गण्डक चौक, राधेमाई, घडीअर्वा, इनर्वा, रानीघाटमा पनि कोरोना संक्रमित थपिएका छन् ।

जिल्ला प्रशासन कार्यालयकाे तथ्यांक अनुसार पर्सामा हालसम्म २ हजार एक सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ४ सय ४४ जना कोरोनामुक्त भएका छन् भने ३३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:216. Generation time:3.960 sec. Memory consumption:81.48 mb