29 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

पर्सामा थप एक संक्रमितकाे मृत्यु, वीरगंजमा १४ घण्टामा ३ जनाले ज्यान गुमाए

वीरगञ्ज । पर्सामा बिहिबार फेरी एक व्यक्तिको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । गण्डकस्थित नारायणी अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा पछिल्लो १३ दिनदेखि उपचाररत पुरुषको मृत्यु भएको हो ।

मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ बहुवरी निवासी ६२ वर्षीय पुरुष रहेका छन् । उनको आज बिहान सवा ८ बजेको करिबमा मृत्यु भएको हो ।

उनको मृत्युसँगै वीरगञ्जमा कोरोना सङ्क्रमणबाट पछिल्लो २४ घण्टाभित्र ३ व्यक्तिले ज्यान गुमाएका छन् ।

कोरोना सङ्क्रमण पुष्टि भइ साउन ३० गते वीरगञ्ज हेल्थ केयर हस्पिटलमा भर्ना भएका वृद्धको बिहिबार बिहान आइसीयु कक्षमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

मिर्गौलाका दिर्घ रोगि उनको हेल्थ केयरमै नियमित डायलसिससमेत भइरहेको थियो । उनी उच्च रक्तचाँप र श्वासप्रश्वासको समस्याबाट पनि ग्रसित रहेका नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेशकुमार चौरसियाले जानकारी दिए ।

यसअघि बुधबार बेलुका पर्साकै धोबिनी गाउँपालिका वडा नम्बर ३ गुलरिया निवासी ७२ वर्षीय पुरुषको नारायणी अस्पतालमा मृत्यु भएको थियो । त्यस्तै बिहीबार बिहान बाराकी कोरोना सङ्क्रमित एक जना २३ वर्षीय गर्भवती महिलाको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

याेसंगै पर्सामा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउँनेको संख्या ३३ पुगेको छ । संक्रमितकाे संख्या २ हजार नजिक पुगेकाे छ। 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:216. Generation time:3.715 sec. Memory consumption:81.48 mb