Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

सामुहिक राजिनामा दिएका डाक्टरहरुद्वारा माग पुरा गर्न ३ दिनकाे समय

spot_img
spot_img

वीरगंज । वीरगंजका निजि अस्पतालमा कार्यरत एमबीबीएस डाक्टरहरु आफ्नाे माग पुरा गर्नकाे लागि ३ दिनकाे समय दिएका छन् ।

जिल्ला प्रशासन कार्यालय पर्सामा बुधबार भएकाे वार्तामा सहमती जुटन नसकेपछि मेडिकल अधिकृतहरु बैठक बसी माग पुरा गर्न थप ३ दिनकाे समय दिएका हुन् । प्रमुख जिल्ला अधिकारी आस्मान तामाङकाे आग्रहमा आफुहरु ३ दिनकाे समय दिएकाे मेडिकल अधिकृतका सदस्य डा. तेजनाथ तिवारीले जानकारी दिए ।

भदाै १३ गते सम्मपनि हाम्राे सम्पूर्ण मागहरु पुरा नभए भदाै १४ गतेदेखी काममा नजाने बुधबार नै बसेकाे हाम्राे बैठकले निर्णय गरेकाे सदस्या डा. तिवारीले जनाए ।

याे ३ दिनकाे अवधिमा आफुहरु हातमा कालाे पटि बाँधेर काम गर्ने र आफ्नाे शान्तिपूर्ण आन्दाेलन जारी राख्ने डा. तिवारी जानकारी गराए ।

जिल्ला प्रशासन कार्यालय पर्सामा भएकाे वार्तामा प्रमुख जिल्ला अधिकारी तामाङ, चिकित्सक संघका डा. उदय नारायण सिंह, डा. निरज सिंह, मेडिकल अधिकृतका अध्यक्ष डा. सराेज साह, उपाध्यक्ष डा. विवेक यादव, महासचिव डा. रामएकबाल राय, सचिव डा. संताेष यादव लगायत निजि अस्पतालका संचालक तथा प्रतिनिधिहरुकाे सहभागिता रहेकाे थियाे ।

एमबिबिएस डाक्टरहरुले न्युनतम ६५ हजार तलब पाउनुपर्ने, २५ लाख बराबरको स्वास्थ्य तथा जिवन बिमा गर्नुपर्ने, अस्पतालमा काम गर्दा क्वारेन्टाईनमा अस्पतालले नै सुविधा दिनुपर्ने, विश्व स्वास्थ्य संगठनको निर्देशनअनुसार व्यक्तिगत सुरक्षा (पिपिई) लगायतका सामाग्री  उपलब्ध गराउनुपर्ने, कार्यअवधिमा कोरोना संक्रमण भएमा अस्पतालबाट निशुल्क उपचार पाउनुपर्ने लगायतका मागसहित आन्दाेलित छन् ।

आन्दाेलन कै क्रममा भदाै ८ गते एक सय ५० जना निजि अस्पतालमा कार्यरत एमबीबीएस डाक्टरहरुले सामुहिक राजिनामासमेत दिएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...