Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

सामुहिक राजिनामा दिएका डाक्टरहरुद्वारा माग पुरा गर्न ३ दिनकाे समय

spot_img
spot_img

वीरगंज । वीरगंजका निजि अस्पतालमा कार्यरत एमबीबीएस डाक्टरहरु आफ्नाे माग पुरा गर्नकाे लागि ३ दिनकाे समय दिएका छन् ।

जिल्ला प्रशासन कार्यालय पर्सामा बुधबार भएकाे वार्तामा सहमती जुटन नसकेपछि मेडिकल अधिकृतहरु बैठक बसी माग पुरा गर्न थप ३ दिनकाे समय दिएका हुन् । प्रमुख जिल्ला अधिकारी आस्मान तामाङकाे आग्रहमा आफुहरु ३ दिनकाे समय दिएकाे मेडिकल अधिकृतका सदस्य डा. तेजनाथ तिवारीले जानकारी दिए ।

भदाै १३ गते सम्मपनि हाम्राे सम्पूर्ण मागहरु पुरा नभए भदाै १४ गतेदेखी काममा नजाने बुधबार नै बसेकाे हाम्राे बैठकले निर्णय गरेकाे सदस्या डा. तिवारीले जनाए ।

याे ३ दिनकाे अवधिमा आफुहरु हातमा कालाे पटि बाँधेर काम गर्ने र आफ्नाे शान्तिपूर्ण आन्दाेलन जारी राख्ने डा. तिवारी जानकारी गराए ।

जिल्ला प्रशासन कार्यालय पर्सामा भएकाे वार्तामा प्रमुख जिल्ला अधिकारी तामाङ, चिकित्सक संघका डा. उदय नारायण सिंह, डा. निरज सिंह, मेडिकल अधिकृतका अध्यक्ष डा. सराेज साह, उपाध्यक्ष डा. विवेक यादव, महासचिव डा. रामएकबाल राय, सचिव डा. संताेष यादव लगायत निजि अस्पतालका संचालक तथा प्रतिनिधिहरुकाे सहभागिता रहेकाे थियाे ।

एमबिबिएस डाक्टरहरुले न्युनतम ६५ हजार तलब पाउनुपर्ने, २५ लाख बराबरको स्वास्थ्य तथा जिवन बिमा गर्नुपर्ने, अस्पतालमा काम गर्दा क्वारेन्टाईनमा अस्पतालले नै सुविधा दिनुपर्ने, विश्व स्वास्थ्य संगठनको निर्देशनअनुसार व्यक्तिगत सुरक्षा (पिपिई) लगायतका सामाग्री  उपलब्ध गराउनुपर्ने, कार्यअवधिमा कोरोना संक्रमण भएमा अस्पतालबाट निशुल्क उपचार पाउनुपर्ने लगायतका मागसहित आन्दाेलित छन् ।

आन्दाेलन कै क्रममा भदाै ८ गते एक सय ५० जना निजि अस्पतालमा कार्यरत एमबीबीएस डाक्टरहरुले सामुहिक राजिनामासमेत दिएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...