वीरगंज । काेभिड एक्सन टिम (क्याट) पर्साकाे पहलमामा पाेखरिया अस्पतालकाे आइसाेलेसनमा आयूर्वेदिक औषधी सहयाेग गरिएकाे छ ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पर्सा र सात्विक आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र वीरगंजले पाेखरिया अस्पतालकाे आइसाेलेसमा रहेका काेराेना संक्रमितहरुकाे लागि आयूर्वेदिक काढा र औषधी सहयाेग गरेका हुन् ।
पाेखरिया अस्पताल मै पुगेर क्याट समुह, स्वास्थ्य केन्द्र र सात्विकका प्रतिनिधिहरुले साे समाग्री बुधबार हस्तान्तरण गरेका छन् । स्वास्थ्य केन्द्रले सितोपलादी चूर्ण, त्रिफला चूर्ण, आमला चूर्ण, अश्वगंधा चूर्णको मिश्रण ३४ प्याकेट र सात्विकले गरेकाे गिलाेय सहयाेग हस्तान्तरण गरिएकाे हाे ।
क्याटका संयाेजकसमेत रहेका जिल्ला समन्वय समिति पर्साका प्रमुख नेक महमद अन्सारीले पाेखरिया नगरपालिकाकी उप मेयर सलमा खातनुलाई साे सामग्री हस्तान्तरण गरे ।
साे अवसरमा क्याटका सदस्य एवं नेपाली कांग्रेसका जिल्ला सचिव श्याम पटेल, तत्कालिन समाजवादी पार्टीका जिल्ला सचिव एवं क्याटका सदस्य तबरेज अहमद, सात्विकका शशि भूषण प्रसाद र उमेश पंडित लगायतकाे उपस्थिती रहेकाे थियाे ।