29 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

वीरगंजकाे काेभिड अस्पतालमा बाराकाे दुई संक्रमितकाे मृत्यु

वीरगन्ज । वीरगंजको कोभिड अस्पतालमा थप दुई जना संक्रमितको मृत्यु भएको छ । गण्डक बहुअरीस्थित वीरगन्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा मंगलबार राति बाराका दुई संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो। 

बाराको विश्रामपुर गाँउपालिका- १ छतवाका ४२ वर्षीय पुरुषको मंगलबार राति पौने ११ बजे मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसीयाले जानकारी दिए। उनका अनुसार छतवाका ४२ वर्षीय पुरुषलाई श्वासप्रश्वासमा समस्या देखिनुका साथै ज्वरोसमेत आएपछि मंगलबार पीसीआर जाँच गराउँदा कोरोना पोजिटिभ पुष्टि भएपछि दिउँसो वीरगंज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा भर्ना भएका थिए।
 
यस्तै वीरगन्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमै ७ दिनदेखि उपचाररत बाराकै कलैया उपमहानगरपालिका-१ का ७० वर्षीय पुरुषको पनि मंगलबार राति मृत्यु भएको छ। श्वास प्रश्वासमा समस्या देखिएपछि भदौ २ गते पीसीआर परीक्षण गर्दा उनमा कोरोना पोजिटिभ देखिएपछि उनी त्यहिदिन वीरगन्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा भर्ना भएका थिए। उपचारका क्रममा उनको मंगलबार राति ८ बजे मृत्यु भएको डाक्टर चौरसीयाले जानकारी दिए ।

यसअघि मंगलबार बिहान बाराकै दुई जना पुरुष संक्रमितकाे वीरगन्जको अर्को गण्डक कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:216. Generation time:4.045 sec. Memory consumption:81.48 mb