वीरगंज । पर्सामा थप १९ जनामा कोरोना भाइरस (काेभिड १९) संक्रमण पुष्टी भएको छ । बुधबार ४ महिला र १५ पुरुष गरी १९ जनामा संक्रमण फेला परेकाे जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ ।
प्रशासन कार्यालयले जनाए अनुसार वीरगंज महानगरपालिकाकाे वडा नं. ०४, ०५, ९, १५, १६ र २२ मा १-१ जना संक्रमण पुष्टि भएकाे छ ।
यस्तै धाेबिनी गाउँपालिकाकाे वडा नं. ०३ को – १ जना र पर्सागढी नगरपालिका वडा नं. ४ को – १२ जना संक्रमित भएका छन् ।
याेसंगै पर्सामा कोरोना संक्रमित पुष्टि हुने संख्या एक हजार ९ सय ९८ पुगेकाे छ । जसमा एक हजार ५ सय ५९ पुरुष र ४ सय ३९ महिला रहेकाे प्रशासन कार्यालयले जानकारी दिएकाे छ ।
प्रतिक्रिया लेख्नुहोस