29 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

कालिकामाईका १२ सहित पर्सामा थप ३२ जनामा काेराेना संक्रमण

 वीरगंज । पर्सामा थप ३२ जनामा कोरोना भाइरस (काेभिड १९) संक्रमण पुष्टी भएको छ । संक्रमित हुनेमा १० महिला र २२ पुरुष रहेकाे जिल्ला प्रशासन कार्यालय पर्साले जनाएकाे छ ।
 
प्रशासन कार्यालयका अनुसार वीरगंज महानगरपालिकाकाे वडा नं. ३, ४, ८, ९, १०, ११, १५, १६, १७ मा १-१ जना, वडा नं. १२ मा ३ जना र वडा नं. १४ मा २ जनामा संक्रमण देखिएकाे छ ।
 
यस्तै मंगलबार संक्रमण पुष्टि हुनेमा कालिकामाई गाउँपालिकाकाे १२ जना रहेका छन् । कालिकामाइ गाउँपालिकाकाे वडा नं. २ काे ४ जना र वडा नं. ५ काे ८ जनामा संक्रमण फेला परेकाे प्रशासन कार्यालयले जनाएकाे छ ।
 
कालिकामाईकाे २ जना संक्रमित स्वास्थ्यकर्मीकाे कन्टेक्ट ट्रेसिङमा परेकाे ३६ जनाकाे स्वाब संकलन गरेर पसिआर परिक्षण गराउदा ५ महिलासहित १२ जनाकाे रिपाेर्ट पाेजिटिभ आएकाे गाउँपालिका स्वास्थ्य संयाेजक याेगेन्द्र चाैरसियाले वताए ।
 
संक्रमित हुनेमा ३ जना स्वास्थ्यकर्मीसमेत रहेकाे संयाेजक चाैरसियाले जानकारी गराए । उनका अनुसार  संक्रमित हुने स्वास्थ्यकर्मीमा पनि एक जना महिला रहेकी छन् ।
 
कालिकामाई कै २ जना संक्रमितकाे दाेस्राे पटक पिसिआर परिक्षण गराउदा रिपाेर्ट नगेटिभ आएकाे संयाेजक चाैरसियाले जानकारी दिए । 
 
यस्तै जगरनाथपुर गाउँपालिका वडा नं. २ को १ जना, वडा नं. ३ को १ जना, वडा नं. ५ को १ जना र वडा नं. ६ को १ जना गरी ४ जनामा संक्रमण पुष्टि भएकाे छ ।
 
याेसंगै पर्सामा कोरोना संक्रमितकाे संख्या एक हजार ९ सय ७८ पुगेकाे छ । जसमा एक हजार ५ सय ४३ पुरुष र ४ सय ३५ महिला संक्रमित रहेकाे जिल्ला प्रशासन कार्यालय पर्साले जनाएकाे छ ।
प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:209. Generation time:3.637 sec. Memory consumption:81.23 mb