29 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

पर्सागढीका १४ सहित पर्सामा थप ३४ जनामा काेेराेना संक्रमण पुष्टि

वीरगञ्ज । पर्सामा थप ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले उपलब्ध गराएको जानकारी अनुसार पर्साको वीरगञ्ज महानगरपालिका र पर्सागढी नगरपालिकागरीमा थप ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

थपिए सङ्क्रमितहरु वीरगञ्ज महानगरपालिकाका २० जना रहेका छन् भने पर्सागढी नगरपालिकाका १४ जना रहेका छन् । भदौं ५ गतेदेखि ७ गतेसम्म विभिन्न स्थानमा संकलन गरिएको स्वाबलाई परिक्षण गर्दा ६ महिलासहित थप ३४ जनामा सङ्क्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

सङ्क्रमित हुनेमा वीरगञ्ज महानगरपालिका वडा नं. ४ की एक जना महिला र वडा नं. ६, ११, १२, १६, २१ र २४ का एक/एक जना पुरुष रहेका छन् । त्यसैगरी वडा नं. १५ भिस्वामा ९ जना पुरुष र ४ जना महिलागरी १३ जनामा सङ्क्रमण देखिएको प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।

त्यस्तै पर्सागढी नगरपालिका वडा नं. ८ को १४ जना पुरुषमा सङ्क्रमण देखिएको छ । योसँगै पर्सामा कोरोनाभाइरस सङ्क्रमितहरुको संख्या १ हजार ९ सय ४४ पुगेको छ । जसमा १ हजार ५ सय १९ जना पुरुष र ४ सय २५ जना महिला रहेका छन् ।

पर्सामा सङ्क्रमणबाट हालसम्म ३० जनाले ज्यान गुमाएको जिल्ला प्रशासन कार्यालय पर्साको तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:216. Generation time:4.385 sec. Memory consumption:81.47 mb