Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

उप सभापति एवं पूर्व गाविस उपाध्यक्ष रामाधार साहकाे निधन

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. २ निवासी साविक गाबिस भेडिहाकारीका पूर्व उपाध्यक्ष रामाधार साह तेलीकाे निधन भएकाे छ । नेपाली कांग्रेस कालिकामाई गाउँपालिका वडा नं. २ का वडा समितिका उप सभापतिसमेत रहेका ७० बर्षिय तेलीकाे आइतबार विहान ६ बजे उनकाे आफ्नै निवासमा निधन भएकाे हाे ।

असमायिक निधन भएका तेलीकाे आजै आफ्नै गाउँकाे आर्यघाटमा धार्मिक परम्परा अनुसार अन्त्येष्टि गरिएकाे छ । अन्त्येष्टि गर्नु अघि साहकाे पार्थिव सरिरमा नेपाली कांग्रेसका नेताहरुले पार्टीकाे झन्डा ओढाएर श्रद्धान्जली अर्पण गरेका थिए ।

श्रद्धान्जली दिदै नेताहरुले तेलीकाे निधनले नेपाली कांग्रेस कालिकामाई गाउँपालिकामा क्षति पुगेकाे प्रतिक्रिया दिए । 

नेपाली कांग्रेस कालिकामाई गाउँपालिका संयाेजक राजेन्द्र प्रसाद कुर्मी, छठु साह, रजाक मियाँ, रामशिष यादव, रामानन्द ठाकुर लगायतकाले साहलाई अन्तिम श्रद्धान्जली दिन आर्यघाट पुगेका थिए ।

गत स्थानिय तहकाे निर्वाचनमा नेपाली कांग्रेसबाट तेली कालिकामाई गाउँपालिका वडा नं. २ काे वडाध्यक्षमा चुनाव लडेका थिए ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...