Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

उप सभापति एवं पूर्व गाविस उपाध्यक्ष रामाधार साहकाे निधन

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. २ निवासी साविक गाबिस भेडिहाकारीका पूर्व उपाध्यक्ष रामाधार साह तेलीकाे निधन भएकाे छ । नेपाली कांग्रेस कालिकामाई गाउँपालिका वडा नं. २ का वडा समितिका उप सभापतिसमेत रहेका ७० बर्षिय तेलीकाे आइतबार विहान ६ बजे उनकाे आफ्नै निवासमा निधन भएकाे हाे ।

असमायिक निधन भएका तेलीकाे आजै आफ्नै गाउँकाे आर्यघाटमा धार्मिक परम्परा अनुसार अन्त्येष्टि गरिएकाे छ । अन्त्येष्टि गर्नु अघि साहकाे पार्थिव सरिरमा नेपाली कांग्रेसका नेताहरुले पार्टीकाे झन्डा ओढाएर श्रद्धान्जली अर्पण गरेका थिए ।

श्रद्धान्जली दिदै नेताहरुले तेलीकाे निधनले नेपाली कांग्रेस कालिकामाई गाउँपालिकामा क्षति पुगेकाे प्रतिक्रिया दिए । 

नेपाली कांग्रेस कालिकामाई गाउँपालिका संयाेजक राजेन्द्र प्रसाद कुर्मी, छठु साह, रजाक मियाँ, रामशिष यादव, रामानन्द ठाकुर लगायतकाले साहलाई अन्तिम श्रद्धान्जली दिन आर्यघाट पुगेका थिए ।

गत स्थानिय तहकाे निर्वाचनमा नेपाली कांग्रेसबाट तेली कालिकामाई गाउँपालिका वडा नं. २ काे वडाध्यक्षमा चुनाव लडेका थिए ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...