Date
सोम, जेष्ठ ११, २०८३
Mon, May 25, 2026

वीरगंजकाे काेभिड अस्पतालबाट दुई थुनुवा संक्रमित फरार

वीरगञ्ज । वीरगञ्जको कोभिड अस्पतालबाट दुई जना काेराेना सङ्क्रमित फरार भएका छन् । नारायणी अस्पतालको मातहातमा रहेको वीरगञ्ज हेल्थ केयरमा उपचाररत दुई सङ्क्रमित फरार भएका हुन् ।

फरार दुबै संक्रमित सार्वजनिक शान्ति विरुद्धकाे खसुर मुद्दाका थुनुवा हुन् ।

शनिबार राति २ बजेतिर राउण्डमा गएका स्वास्थ्यकर्मीले दुई सङ्क्रमितलाई नदेखेपछि प्रहरीलाई खबर गरेका थिए । डिलक्स क्याबिनमा बस्दै आएका उनीहरु कसरी भाग्न सफल भए भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

अस्पतालको पछाडिबाट हाम फालेर भागेको हुन सक्ने आशंका प्रहरीको छ । उनीहरुको खोज तलास भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरले जानकारी दिए ।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भेरी अस्पतालमा औषधि अभावदेखि अनियमिततासम्मका आरोप, निष्पक्ष छानबिनको माग

नेपालगंज । पश्चिम नेपालको प्रमुख सरकारी स्वास्थ्य संस्था भेरी अस्पताल यतिबेला औषधि अभाव, आर्थिक अनियमितता, स्टोर आगलागी तथा प्रशासनिक सेटिङका आरोपका कारण विवादमा तानिएको...

लिटिल बडी प्रि–स्कुलमा निःशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न

वीरगंज । वीरगंज महानगरपालिका–८ पानीटंकीस्थित लिटिल बडी प्रि–स्कुलमा आइतबार निःशुल्क दन्त स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ । स्माइल डेन्टल केयर एण्ड पोलिक्लिनिकको सहकार्यमा...

मधेश प्रदेशमा कार्यसम्पादनमा उत्कृष्ट बन्दै जिप्रका पर्सा सम्मानित

वीरगंज । आर्थिक वर्ष २०८२/०८३ को वार्षिक कार्यसम्पादन मूल्यांकनमा मधेश प्रदेशका जिल्ला प्रहरी कार्यालयहरूमध्ये जिल्ला प्रहरी कार्यालय पर्सा उत्कृष्ट घोषित भएको छ । उत्कृष्ट कार्यसम्पादन...