वीरगन्ज । पाेखरिया युवा समाजले पोखरिया अस्पतालको आईसाेलेसनमा पानी सहयाेग गरेकाे छ । पाेखरिया नगरपालिकाकाे वडा नं. ४ पाेखरियामा रहेकाे अस्पतालकाे आइसाेलेसनमा समाजले ६ सय पानीको बाेतल सहयाेग गरेकाे हाे ।
आइसाेलेसनमा उपचाररत कोरोना संक्रमितकाे लागि पानी सहयाेग गरिएकाे युवा समाजका संताेष महताेले वताए । अस्पतालका प्रतिनिधि लक्ष्मी चौहानलाई समाजका नौसाद आलमको नेतृत्व ६ सय थान पानीकाे बोतल सहयाेग गरिएकाे वताइएकाे छ ।
पानी बाेतल सहयाेग गर्न युवा समाजका अखिलाख आलम, मनोज कुमार गुप्ता, मनिर आलम, निरंजन चौहान, टाईसन किसोर, नन्दकिसोर चौहान लगायत पाेखरिया अस्पताल पुगेका थिए ।
प्रतिक्रिया लेख्नुहोस