Date
आइत, साउन १७, २०८३
Sun, August 2, 2026

लखनपुरमा रक्तदान कार्यक्रम सम्पन्न

spot_img
spot_img
वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नं. ६ लखनपुरमा शनिबार आकास्मिक रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । श्री जन जागरण युवा क्लब लखनपुरको आयोजनामा भएकाे कार्यक्रममा २ महिला सहित ३१ जनाले रक्तदान गरेका छन् ।
 
आयाेजक संस्थाका अध्यक्ष शिव कुमार साहको अध्यक्षतामा भएकाे कार्यक्रमकाे शुभारम्भ रक्तदान गरी सखुवा प्रसौनी गाउँपालिका वडा नं. ६ का वडा सदस्य धर्मराज साहले गरेका थिए ।
 
कार्यक्रममा मनोज यादव, रामबाबु साह तेली, सिकेन्द्र सहनी, रामचन्द्र साह कानु, सोनालाल साह, अमलेस कुमार, लालबहादुर महरा, धिरज कुमार यादव, जपाल राउत कम्कर, बिकास कुमार, कैलास साह, सबिता देबि, कमरुल नेसा, हमिद मिया, लालचन पटेल, भगवान सहनी, अशोक कुमार साह, मन्नु गिरि लगायतले रक्तदान गरेको अध्यक्ष साहले जानकारी गराए ।
 
बिश्वभरी महामारीकाे रुपमा फैलिएको कोरोना भाइरसका कारण मानव जातिमा प्रभाव पार्ने भएकोले रक्त संचार केन्द्रमा रक्तको अभाव हुन् नदिनको लागि स्वास्थ्य मापदण्ड अनुसार सतर्कता अपनाई ग्रामिण भेगमा रक्तदान कार्यक्रम गरिएको रक्त संचार केन्द्रका सौरभ राज पाण्डेयले बताए |
 
कार्यक्रममा रक्त संचार केन्द्र वीरगंजका प्राविधिक धिरेन्द्र झा, जितेन्द्र महतो, शेखर साह र रामनरेश यादवले प्राविधिक सहयोग गरेका थिए । जिल्ला कृषि सहकारी संघ लि. पर्सा र जय महाबिर कृषि सहकारी संस्था लि. लखनपुरको सहकार्यमा रक्तदान कार्यक्रम आयाेजना गरिएकाे थियाे ।
spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा स्रोत नखुलेको भारतीय २ लाख भन्दा बढी रुपैयाँसहित दुई जना पक्राउ

वीरगंज । पर्सा प्रहरीले स्रोत नखुलेको प्रतिबन्धित भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आइतबार दिउँसो करिब ३:५० बजे...

वीरगंज ‘ओपन डिबेट एण्ड इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप–२०२६’ सम्पन्न

वीरगंज । राष्ट्रिय अग्रवाल प्रज्ञा प्रतिष्ठान र वीरगंज टोस्टमास्टर्स क्लबको संयुक्त आयोजनामा ‘ओपन डिबेट एण्ड इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप–२०२६’ को फाइनल चरण शनिबार वीरगंजमा सम्पन्न...

वीरगंजमा निषेधाज्ञा हट्यो, आन्दोलन स्थगित भएसँगै जनजीवन सामान्य

वीरगञ्ज । केही दिनयता तनावग्रस्त बनेको वीरगंजकाे अवस्था सामान्य बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी...