Date
मङ्ल, कार्तिक ४, २०८३
Tue, October 20, 2026

लखनपुरमा रक्तदान कार्यक्रम सम्पन्न

spot_img
spot_img
वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नं. ६ लखनपुरमा शनिबार आकास्मिक रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । श्री जन जागरण युवा क्लब लखनपुरको आयोजनामा भएकाे कार्यक्रममा २ महिला सहित ३१ जनाले रक्तदान गरेका छन् ।
 
आयाेजक संस्थाका अध्यक्ष शिव कुमार साहको अध्यक्षतामा भएकाे कार्यक्रमकाे शुभारम्भ रक्तदान गरी सखुवा प्रसौनी गाउँपालिका वडा नं. ६ का वडा सदस्य धर्मराज साहले गरेका थिए ।
 
कार्यक्रममा मनोज यादव, रामबाबु साह तेली, सिकेन्द्र सहनी, रामचन्द्र साह कानु, सोनालाल साह, अमलेस कुमार, लालबहादुर महरा, धिरज कुमार यादव, जपाल राउत कम्कर, बिकास कुमार, कैलास साह, सबिता देबि, कमरुल नेसा, हमिद मिया, लालचन पटेल, भगवान सहनी, अशोक कुमार साह, मन्नु गिरि लगायतले रक्तदान गरेको अध्यक्ष साहले जानकारी गराए ।
 
बिश्वभरी महामारीकाे रुपमा फैलिएको कोरोना भाइरसका कारण मानव जातिमा प्रभाव पार्ने भएकोले रक्त संचार केन्द्रमा रक्तको अभाव हुन् नदिनको लागि स्वास्थ्य मापदण्ड अनुसार सतर्कता अपनाई ग्रामिण भेगमा रक्तदान कार्यक्रम गरिएको रक्त संचार केन्द्रका सौरभ राज पाण्डेयले बताए |
 
कार्यक्रममा रक्त संचार केन्द्र वीरगंजका प्राविधिक धिरेन्द्र झा, जितेन्द्र महतो, शेखर साह र रामनरेश यादवले प्राविधिक सहयोग गरेका थिए । जिल्ला कृषि सहकारी संघ लि. पर्सा र जय महाबिर कृषि सहकारी संस्था लि. लखनपुरको सहकार्यमा रक्तदान कार्यक्रम आयाेजना गरिएकाे थियाे ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...