Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

गुणस्तरहिन भन्दै प्रशासनले गाडेकाे दाल स्थानीयले लगे

spot_img
spot_img
वीरगंज । बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डित राजनितीक संरक्षणको आशंका वा घेरामा परेको बुझिएको छ ।
गुणस्तरहिन भनेर प्रशासनले गाडेको ८ सय ३० बोरा रहरको दाल स्थानीयहरुले खानको लागि लगेका छन् ।
 
गत बिहिबार बेलुका कोल्ड स्टोरेजमा सिलबन्दी गरिएको अखाद्य रहरको दाल जिल्ला प्रशासन कार्यालय बाराको प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, भद्र-भलादमी, पत्रकारहरू समेतको रोहरवरमा कलैया उपमहानगरपालिका वडान .१४ बघवन टोलस्थित पसाह खोलाको पश्चिम किनारमा जलाई पुनः माटोले पुरी नष्ट गरिएको थियो ।
 
तर त्यस्को एक दिन मै त्यहाका स्थानीयहरुले साईकल, मोटरसाइकल तथा अटोसमेत भाडा गरि निकालेर लगेका छन् । “अब प्रश्न प्रमुख जिल्ला अधिकारी के त्यो दाल खान उपयुक्त नभएकोले त्याहाका जनता किन सडेको दाल प्रहरीले गाडेपछि लिएर जान्थे होला ? यादव आइस एण्ड कोल्ड स्टोरमा राखिएको रहरको दाल जिल्ला प्रशासन कार्यालय बारासमेतको रोहवरमा उक्त ८ सय ३० बोरा दालमध्येबाट परीक्षण पश्चात उक्त रहरको दाल खान नमिल्ने अखाद्य भएको भनी प्रमाणित भएको थियो ।
 
तर के त्यो ८ सय ३० बोरा नै खान नमिल्ने प्रमाणित भएको होर । त्यसबाट सबै बोरा म रहेको दाल गुणस्तरहिन हो की केही खान योग्य पनि थियो यसमा अब प्रश्न उठेको छ । यदि प्रमाणित नै भएको हो अखाद्य छ भने फेरि किन जनताले दाल लगेका हुन ।
 
यसमा अहिले सम्म पनि प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डित नबोल्नुको कारण वाहा राजनीतिक संरक्षणको घेरामा त रहेका छैनन् अशंका उत्पन्न भएकाे छ ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पत्रकार तिवारी यादवको पहलमा बुनियादमा निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर

वीरगंज । बाराको परवानीपुर गाउँपालिका–१, बुनियादमा शनिबार निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ। पत्रकार तिवारी यादवको पहल तथा एलएस न्युराे हाेस्पटिल...

टेस्ला गाडीमा पुरानै मूल्य कायम गरी थप राजस्व मागेको भन्दै आयातकर्ताको आपत्ति

वीरगंज । विश्व बजारमा टेस्लाका विद्युतीय सवारीसाधनको मूल्य घटेको अवस्थामा नेपालमा आयात भएको गाडीको वास्तविक खरिद मूल्यभन्दा पुरानो आयात मूल्यलाई आधार बनाएर थप राजस्व...

मित्तल–अग्रवाल विवादको नयाँ मोड : दिएको चेकमै उजुरी, अग्रवालले उठाए प्रश्न

वीरगंज । झुटा तथा किर्ते कागजात पेस गरी नेपाली नागरिकता लिएको आरोप विवादमा तानिएका शंकर मित्तल पछिल्लो समय पुनः विवादमा परेका छन् । उनीविरुद्ध...