वीरगंज । लायन्स क्लब अफ बिरगंज नोर्थले जिल्ला प्रहरी कार्यालय पर्सालाई आवश्यक सामग्री सहयाेग गरेकाे छ ।
क्लबले पानी तताउने बिधुतिय केट्लि ३६ थान, स्टेम भेपर ४५ थान, फेस सिल्ड १६० थान, ओक्सिमिटर ५ थान, थेर्मोमिटर १० थान, २५ कार्टून पानी लागायतकाे सामग्री सहयाेग गरेकाे हाे ।
वीरगंजमा कोरोनाको उच्च जोखिम बढेदै गर्दा प्रहरि कार्यालयद्वारा अग्रपंक्तिमा खट्ने हेल्प डेस्कका प्रहरीलाई सहयाेग पुग्ने मनसायले सेवा स्वरूप हामिले सामग्री सहयाेग गरेको क्लबका अध्यक्ष संजय अग्रवालले बताए ।
सहयोग सामग्री जिल्ला प्रहरीका कार्यालयका प्रहरी नायब उपरिक्षक गौतम थापालाई संस्थाका अध्यक्ष संजय अग्रवाल र पुर्व अध्यक्ष गोविन्द साहले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस