Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

मुख्यमन्त्रीकाे राजिनामा माग्दै वीरगंजमा प्रदर्शन

spot_img
spot_img

वीरगंज । राष्ट्रिय एकता अभियान पर्साले प्रदेश सरकार विरुद्ध वीरगन्जमा विरोध प्रर्दशन गरेको छ । रौतहटस्थित हनुमान मंदिरका पुजारी सन्त श्रीराम साहको निर्ममता पूर्वक हत्या गरेको विरोधमा अभियानले वीरगन्ज २१ परवानीपुर बजारमा प्रर्दशन गरेकाे हाे ।

अभियानका कार्यकर्ताहरुले प्रदेशमा शान्ति सुरक्षाको प्रत्याभुत दिलाउँन असफल रहेको भन्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीको राजिनामाको मागसमेत गरेका छन । प्रदेशमा दिन प्रतिदिन हत्या हिंसाको घटना घटे पनि प्रदेश सरकार मुकदर्शक बनेको भन्दै अभियानका नेता कार्यकताहरुले आक्रोश पोख्दै विरोध गरेका हुन ।

विरोध प्रर्दशनमा सहभागिले पुजारी साहको हत्यामा संलग्न दोषीलाई अविलम्ब पक्राउ गरी कारवाहीको माँग गरेका छन । उनीहरुले साधु सन्त एवं हिन्दु अभियानताको सुरक्षा दिन नसक्ने मुख्यमन्त्रीले राजिनामा दिनुपर्ने माँग समेत गरेका हुन ।

अभियानका केन्द्रिय सदस्य कृष्ण साहले ८५ प्रतिशत हिन्दु बाहुल देशमा एकजना सन्तको हत्या हुनु दु:खद रहेको बताए ।

मुलुकमा धर्म निरपेक्ष हुँदा पनि हिन्दु माथिको आक्रमण हुनु दुर्भाग्य छ उनले भने, रौतहटका सन्तलाई षडयन्त्रपूर्वक हत्या गरिएको हुनाले दोषीलाई अविलम्ब पक्राउ गरी कडा भन्दा कडा कारवाही गरिनु पर्छ । सरकारले हत्यालाई पक्राउ नगरे कडा भन्दा कडा आन्दोलनमा उत्रिने चेतावी दिदै यसबाट उत्पन्न असहज परिस्थतीको जिम्मा सरकारले नै लिने उनले चेतावनी दिए ।

अभियानका परवानीपुर गाउँपालिका संयोजक अनिल यादवको अगुवाईमा गरिएको विरोध प्रर्दशनमा अभियानका राहुल सर्राफ, सौरभ तिवारी, अनिल कुशवाहा, संजय साह, सोनु कुशवाहा लगायतको सहभागिता रहेको थियो ।

गत ३ गते रौतहटस्थित माधवनारायण नगरपालिकाको खेसरहिया गाउँमा रहेको हनुमान मन्दिरका पुजारी सन्त श्रीराम साहलाई खाना खाईरहेको बेला कन्चटमा गोली हानी निर्ममता पूर्वक हत्या गरिएको थियो । घटनामा संलग्न दोषीलाई प्रहरीले अहिले सम्म पक्राउ गर्न सकेको छैन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रामाकान्त चौरसियासहित रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले निर्धारित समयसीमाभित्र सम्पत्ति विवरण नबुझाउने आफ्ना २४ जना सांसदको नामावली सार्वजनिक गरेको छ । संसद् सचिवालयबाट पटक–पटक...

सप्तरीमा युवक घरबाटै अपहरण, आफन्तद्वारा प्रहरी चौकी घेराउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै लगिएको भन्दै आफन्त तथा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्। परिवारका अनुसार सोमबार...

परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्यो

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सागर आयल पेट्रोल पम्प नजिकै गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। वीरगञ्ज–पथलैया सडकखण्डमा ना.३ ख ५६१० नम्बरको...