Date
शनि, कार्तिक १४, २०८३
Sat, October 31, 2026

मुख्यमन्त्रीकाे राजिनामा माग्दै वीरगंजमा प्रदर्शन

spot_img
spot_img

वीरगंज । राष्ट्रिय एकता अभियान पर्साले प्रदेश सरकार विरुद्ध वीरगन्जमा विरोध प्रर्दशन गरेको छ । रौतहटस्थित हनुमान मंदिरका पुजारी सन्त श्रीराम साहको निर्ममता पूर्वक हत्या गरेको विरोधमा अभियानले वीरगन्ज २१ परवानीपुर बजारमा प्रर्दशन गरेकाे हाे ।

अभियानका कार्यकर्ताहरुले प्रदेशमा शान्ति सुरक्षाको प्रत्याभुत दिलाउँन असफल रहेको भन्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीको राजिनामाको मागसमेत गरेका छन । प्रदेशमा दिन प्रतिदिन हत्या हिंसाको घटना घटे पनि प्रदेश सरकार मुकदर्शक बनेको भन्दै अभियानका नेता कार्यकताहरुले आक्रोश पोख्दै विरोध गरेका हुन ।

विरोध प्रर्दशनमा सहभागिले पुजारी साहको हत्यामा संलग्न दोषीलाई अविलम्ब पक्राउ गरी कारवाहीको माँग गरेका छन । उनीहरुले साधु सन्त एवं हिन्दु अभियानताको सुरक्षा दिन नसक्ने मुख्यमन्त्रीले राजिनामा दिनुपर्ने माँग समेत गरेका हुन ।

अभियानका केन्द्रिय सदस्य कृष्ण साहले ८५ प्रतिशत हिन्दु बाहुल देशमा एकजना सन्तको हत्या हुनु दु:खद रहेको बताए ।

मुलुकमा धर्म निरपेक्ष हुँदा पनि हिन्दु माथिको आक्रमण हुनु दुर्भाग्य छ उनले भने, रौतहटका सन्तलाई षडयन्त्रपूर्वक हत्या गरिएको हुनाले दोषीलाई अविलम्ब पक्राउ गरी कडा भन्दा कडा कारवाही गरिनु पर्छ । सरकारले हत्यालाई पक्राउ नगरे कडा भन्दा कडा आन्दोलनमा उत्रिने चेतावी दिदै यसबाट उत्पन्न असहज परिस्थतीको जिम्मा सरकारले नै लिने उनले चेतावनी दिए ।

अभियानका परवानीपुर गाउँपालिका संयोजक अनिल यादवको अगुवाईमा गरिएको विरोध प्रर्दशनमा अभियानका राहुल सर्राफ, सौरभ तिवारी, अनिल कुशवाहा, संजय साह, सोनु कुशवाहा लगायतको सहभागिता रहेको थियो ।

गत ३ गते रौतहटस्थित माधवनारायण नगरपालिकाको खेसरहिया गाउँमा रहेको हनुमान मन्दिरका पुजारी सन्त श्रीराम साहलाई खाना खाईरहेको बेला कन्चटमा गोली हानी निर्ममता पूर्वक हत्या गरिएको थियो । घटनामा संलग्न दोषीलाई प्रहरीले अहिले सम्म पक्राउ गर्न सकेको छैन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्याब्सन हस्तलेखन प्रतियोगितामा साउथ जोन च्याम्पियन, गुरुकुल दोस्रो र द रोयल तेस्रो

वीरगंज । प्याब्सन वीरगंज र प्याब्सन पर्साको संयुक्त आयोजनामा सञ्चालित ‘PABSON Creative Strokes 2083’ अन्तर्गत अन्तरविद्यालय हस्तलेखन प्रतियोगितामा साउथ जोन माध्यमिक विद्यालय च्याम्पियन बनेको...

रास्वपाले देश अस्तव्यस्त बनायो, रविले समानान्तर सत्ता चलाए : प्रभु साह

भैरहवा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशका मुख्य निकायहरु निकम्मा बनाईएको र नेतृत्वहरु पनि नैतिक संकटमा परेको टिप्पणी गरेका...

‘प्रहरीको बुटले जनताको आवाज थुन्न सकिँदैन’ : आजपा प्रवक्ता सुभाष साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का प्रवक्ता सुभाष साहले समाचार लेखेकै आधारमा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाप्रति कडा आपत्ति...