Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

राष्ट्रिय एकता अभियानद्वारा प्रदेश तथा संघीय सरकारविरूद्ध प्रदर्शन

spot_img
spot_img
वीरगन्ज । राष्ट्रिय एकता अभियानले सरकार विरुद्ध प्रदर्शन गरेको छ । अभियानले जनकपुरमा बिरोध र्याली निकाली संघ र प्रदेश सरकारको बिरोध गरेको हो ।
 
हिन्दू सन्त तथा अभियंताको सुरक्षा ग्यारेन्टी ग़र, संत श्रीराम साहको हत्यारालाई अबिलम्ब कार्यवाही ग़र, सुरक्षा दिन नसकने मुख्यमंत्री राजिनामा दे, हिन्दू माथिको दमन बन्द ग़र लगायतको माग राख्दै प्रदर्शन गरेकाे हाे ।
 
बिरोध प्रदर्शनमा अभियानका जनकपुर सयोजक मनीष हिन्दुले नेपाल धर्म निरपेक्ष राष्ट्र भएदेखि हिन्दु समुदायमाथि विभिन्न काेणबाट दमन भइरहेकाे आरोप लगाए । हिन्दुमाथी भइरहेको हत्या हिंसा बन्द गरि सन्तको हत्यामा सलग्न दोषीलाई यथाशीघ्र पक्राउ गरि कडा भन्दा कडा कारबाही नगरे आन्दोलनको आंधी बेरी ल्याउने उनले चेतावनी दिए ।
 
बिरोध प्रदर्शनमा अभियानता संजय यादव, जय यादव, रवि साह, मोहन साह लगायतको सहभागिता रहेकाे थियाे ।
 
बिनय यादव नेतृत्वको राष्ट्रीय एकता अभियानले गएको ३ गते रौतहट स्थित माधवनरायण नगरपालिकाको खेसरहिया गाउँमा रहेका हनुमान मन्दिरका पुजारी सन्त श्रीराम साहको हत्यारालाई पक्राउ गरी अबिलम्ब कारबाहीकाे लागी जिल्ला प्रशासन कार्यालय रौतहटमा ज्ञापन पत्र समेत बुझाएको छ ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...