Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

पाेखरियामा एक वडाध्यक्षसहित थप १६ जनामा काेराेना संक्रमण

spot_img
spot_img

वीरगंज । पर्साकाे पाेखरिया नगरपालिकामा थप १६ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ । 

पाेखरिया नगरपालिकामा एक वडाध्यक्षसहित थप १६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे नगरपालिकाकी उप मेयर सलमा खातुनले वताइन । संक्रमण पुष्टि हुनेमा ४ जना महिलासमेत रहेकाे उनले जानकारी गराइन ।

उनका अनुसार कन्टेक्ट ट्रेसिङकाे आधारमा भदाै १ गते ६८ जनाकाे स्वाब संकलन गरि पिसिआर परिक्षणकाे लागि नारायणी अस्पतालमा पठाउदा बिहिबार आएकाे रिपाेटमा १६ जनामा काेराेना पाेजिटिभ देखिएकाे हाे ।

संक्रमित हुनेमा नगरपालिकाकाे वडा नं. १ का एक जना, वडा नं. २ का एक जना, वडा नं. ४ का ४ जना, वडा नं. ५ का २ जना र वडा नं. ९ का एक जना रहेकाे उप मेयर खातुनले जानकारी दिइन ।

यस्तै संक्रमित हुनेमा ७ जना नगरपालिकाकाे कर्मचारीसमेत रहेकाे पाेखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अनिल कुमार यादवले वताए ।

उनका अनुसार एक जना एम्बुलेन्सका चालक, एक जना सरसफाई कर्मचारी, २ जना कार्यालय सहयाेगि, २ जना फार्मेसीमा काम गर्ने कर्मचारी र एक जना अस्पताल इमरजेन्सीमा काम गर्ने कर्मचारीमा संक्रमण देखिएकाे हाे ।

काेराेना परिक्षणकाे लागि उप मेयर खातुनले पनि स्वाबकाे नमुना दिए पनि उनकाे रिपाेट नगेटिभ आएकाे नगरपालिका स्राेतले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...